प्रतिनिधि सभा निर्वाचनमा जिल्लाका सबै मतदाना केन्द्रमा शान्तिपूर्ण रुपमा मतदान भईरहेको छ । तीन घण्टामा करिब १२ हजार ९९८ मत खसेको छ ।
गुल्मीका सबै मतदान स्थलका शान्तिपूर्ण रूपमा मतदान चलिरहेको छ । जिल्लाका १४५ मतदान स्थलको २८४ केन्द्रबाट मतदान भइरहेको जिल्ला निर्वाचन अधिकारी ऋषिराम घिमिरेले बताउनुभयो ।
प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बैतडीका सबै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान भइरहेको छ। जिल्लाका २१५ मतदान केन्द्रमा मतदान गर्न आएका ज्येष्ठ नागरिकलाई प्राथमिकता दिइएको छ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा देशभरका सबै मतदान केन्द्रमा मतदान जारी रहेको छ।
मध्यपूर्वमा जारी युद्ध थप चर्किँदै गएको छ । इरान र इजरायलबिच नयाँ क्षेप्यास्त्र प्रहार, लेबनानमा हवाई आक्रमण, खाडी क्षेत्रमा समुद्री सुरक्षा सङ्कट र विश्व शक्तिबिच कूटनीतिक टकरावका घटनाले क्षेत्रीय तनाव अझ बढेको सङ्केत दिएका छन् ।
चीनले घरेलु अर्थतन्त्रमा देखिएको मन्दी, अन्तर्राष्ट्रिय अनिश्चितता र भू-राजनीतिक जोखिमबिच सन् २०२६ का लागि आर्थिक वृद्धिको लक्ष्य ४.५ देखि ५ प्रतिशतसम्ममा सीमित राख्ने घोषणा गरेको छ ।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार बिहान ११ बजेसम्म करिब २० प्रतिशत मत खसेको छ । जिल्लामा महिला २९ हजार छसय ६१, पुरुष ३१ हजार दुईसय ६९ र अन्य १ गरी ६० हजार नौसय ३१ मत खसेको प्रदेश निर्वाचन कार्यालय पोखराका सूचना अधिकारी रुद्र न्यौपानेले जानकारी दिनुभयो ।
बावुको निधनपछि किरिया बस्नुभएका नेकपा एमालेका उम्मेदवार नारायणप्रसाद आचार्यले मतदान गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्यको लागि दाङको तुलसीपुर उपमहानगरपालिका–१० निवासी किरियापुत्री शम्भु रेग्मीले मतदान गर्नुभएको छ ।
पूर्वराष्ट्रपति डा रामवरण यादवले जारी निर्वाचनबाट संविधानको रक्षा गर्न सक्ने शक्तिसहितको पक्षमा जनमत आउने विश्वास व्यक्त गर्नुभएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत मेचीनगर नगरपालिका–१० स्थित धुलाबारी माध्यमिक विद्यालयको मतदान केन्द्रबाट १०४ बर्षीया बृद्धाले मतदान गर्नुभएको छ ।
नेपाली कम्युनिस्ट पार्टीका सहसंयोजक एवम् पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले रौतहट क्षेत्र नं १ स्थित गौर नगरपालिका वडा नं. २ को रामजानकी कन्या प्रावि मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचनमा मकवानपुरमा आज बिहान ११ बजेसम्म २० प्रतिशत मत खसेको छ।
नेपाली कांग्रेसका नेता तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरीमा मतदान गर्नुभएको छ ।
पूर्वउप्रधानमन्त्री डा. भीमबहादुर रावलले प्रतिनिधिसभा निर्वाचनअन्तर्गत अछामको क्षेत्र नम्बर १ को साँफेबगर नगरपालिका–६ स्थित भागेश्वरबार मतदान केन्द्रमा मतदान गर्नुभएको छ ।