मानवसेवा आश्रम बागलुङको भवन निर्माणार्थ सञ्चालित श्रीमद् भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञमा एकै दिन एक करोड बढि रकम सङ्कलन भएको छ ।
धवलागिरी गाउँपालिका स्तरीय छैठौं राष्ट्रपति रनिङ शिल्ड विद्यालय स्तरीय खेलकुद प्रतियोगिताको उपाधी धनजनता माध्यमिक विद्यालय मुना फलियागाउँले जितेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर १४१ रुपियाँ ४२ पैसा र बिक्रीदर १४२ रुपियाँ ०२ पैसा कायम भएको छ ।
मध्य कात्तिकको वर्षाले धान बालीमा पुगेको क्षतिको विवरण अझैसम्म सङ्कलन हुन सकेको छैन । कात्तिक १३ गतेदेखि १५ गतेसम्मको वर्षाले सर्लाहीका किसानले काटेर खेतमा पाँजा सुकाएको र काट्ने बेला भएको धान बालीमा व्यापक क्षति गरेको थियो ।
मेलम्ची खानेपानी आयोजनामा देखिएको समस्या समाधान भएको छ । उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा मङ्गलबार अबेर भएको सहमतिअनुसार आयोजनाको पानी पथान्तरणसँग जोडिएको समस्या समाधान भएको हो ।
गत वर्षको तुलनामा यस वर्ष मनसुनको समयमा जनधनको क्षति कम भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार, वर्ष २०८१ मा दुई हजार एक ३९ घटना भएकामा यस वर्ष एक हजार चार सय ५४ वटा घटना भएका छन् ।
बागमती प्रदेशमा सञ्चालित उद्योगमा १२ खर्ब रुपियाँभन्दा बढीको ऋण लगानी भएको छ । गत असार मसान्तसम्म बैङ्क तथा वित्तीय संस्थाले बागमती प्रदेशका उद्योगमा प्रवाह गरेको कर्जा १३.८ प्रतिशतले बढेर १२ खर्ब ११ अर्ब पाँच करोड रुपियाँ पुगेको छ ।
स्थानीय बजारमा सुनको मूल्य फेरि बढ्न थालेको छ । तिहारपछि निरन्तर घट्दै गएको सुनको मूल्य सोमबारदेखि पुनः उकालो लाग्न थालेको हो । अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा त्यसको प्रभाव स्थानीय बजारमा पर्न गएको हो ।
सानिमा बैङ्कको प्रमुख कार्यकारी अधिकृतमा पवनकुमार आचार्य नियुक्त हुनुभएको छ । बैङ्क सञ्चालक समितिको निर्णय अनुसार आचार्यलाई आगामी माघ १२ गतेदेखि लागु हुने गरी प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो ।
मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) अन्तर्गत नेपालमा सञ्चालित मिलेनियम च्यालेन्ज एकाउन्ट (एमसिए) नेपालले निर्माण गर्ने प्रसारण लाइन आसपासमा कुनै पनि संरचना निर्माण गर्न नपाइने भएको छ ।
गृह मन्त्रालयले गत भदौ २३ र २४ गते जेनजी आन्दोलनका क्रममा घाइते तथा अपाङ्गता भएका व्यक्तिको विवरण यथाशीघ्र सङ्कलन गरी मन्त्रालयमा पठाउन सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ ।
सरकारले आगामी फागुन १ देखि ७ गतेसम्म कर्णाली प्रदेशमा १० औँ राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना गर्न स्वीकृति दिने निर्णय गरेको छ । कात्तिक २४ गते बसेको मन्त्रीपरिषद्को बैठकले यो निर्णय गरेको हो ।
मकवानपुर बकैया गाउँपालिका –३ हात्तीसुडेस्थित मदन भण्डारी लोकमार्गमा मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु छ ।
मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्तिको विषयलाई लिएर विरोधमा उत्रेका प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ । भडपमा कैयौं घाइते भएका छन् ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ।