मधेश प्रदेशका मुख्यमन्त्रीको नियुक्तिको विषयलाई लिएर विरोधमा उत्रेका प्रदर्शनकारी र सुरक्षाकर्मीबिच झडप भएको छ । भडपमा कैयौं घाइते भएका छन् ।
निर्वाचन आयोगले आगामी प्रतिनिधि सभा सदस्यको निर्वाचनका लागि मतदाता नामावली दर्ता कार्य जारी रहेको र यसमा सहभागी हुन योग्य नेपाली नागरिकलाई अपिल गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल गणतन्त्र कोरियाको सिओलमा आयोजना हुने ११ औं ‘ग्लोवल आइसिटी लिडरसिप फोरम’मा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गर्नुभएको छ ।
नेपाल कानुन समाजद्वारा आज यहाँ आयोजित ‘आगमी प्रतिनिधिसभाको निर्वाचन : चुनौती र अवसर’ विषयक अन्तरक्रियामा उहाँले सरकार, राजनीतिक दल, जेनजी पुस्ता, नागरिक समाजबीचको हार्दिकतापूर्ण संवादको माध्यमबाट त्यसखाले निर्वाचनको वातवारण बनाउन सकिने धारणा व्यक्त गर्नुभयो ।
सिन्धुलीमा रक्तसंचार केन्द्र सञ्चालनका लागि एक करोड रुपियाँको अक्षयकोष स्थापना अभियान सञ्चालित छ ।
थारु आयोगले आफ्नो सातौं स्थापना दिवस मनाएको छ । आज काठमाडौंमा कार्यक्रम गरी आयोगले स्थापना दिवस मनाएको हो ।
नेपालका १६ औं विभूति तथा समाज सुधारक फाल्गुनन्द लिङदेनको एक सय ४१ औं जन्मजयन्तीका अवसरमा पाँचथरमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ।
कडा सुरक्षाबिच मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले मंगलबार पदभार ग्रहण गर्नुभएको छ ।
अखिल नेपाल फुटबल सङ्घ (एन्फा) र शीर्ष डिभिजन क्लबबिच अब चार महिनाभित्र सहिद स्मारक ‘ए’ डिभिजन लिग गर्ने सहमति भएको छ ।
नेकपा (एमाले) ले कञ्चनपुरका नौ वटै स्थानीय तहमा जनप्रदर्शन कार्यक्रमको आयोजना गरेको छ । “राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षा गरौँ, षडयन्त्र र अराजकताविरुद्ध एकजुट बनौँ” नारासाथ मंगलबार बिहानदेखि साँझसम्म जिल्लास्थित पालिकाका विभिन्न स्थानमा जनप्रदर्शन गरिएको नेकपा (एमाले) कञ्चनपुरका अध्यक्ष लक्ष्मी बुढाले बताउनुभयो ।
भारतबाट सुनचाँदी चोरी गरेको आरोपमा चार नेपाली नेपाल–भारत सीमा नाका गौरीफन्टाबाट पक्राउ परेका छन् । नेपालतर्फ आउँदैगर्दा भारतीय सुरक्षाकर्मीले उनीहरुलाई पक्राउ गरेको हो ।
मकवानपुरको राक्सिराङ गाउँपालिका–६ स्थित मौरीचरन क्षेत्रमा अन्य जिल्लाका मौरीपालक किसानलाई मौरी चरनका लागि रोक लगाइएको छ।
नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठकमा अहिलेसम्म एक सय ३५ जनाले धारणा राख्नेक्रम सकिएको छ।
थाइल्यान्डको सिमा क्षेत्रमा नयाँ बारुदी सुरुङ् राखिएको भन्ने थाइल्यान्डको आरोपलाई अस्वीकार गदै कम्बोडियाको विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको छ ।
युवापुस्ताको इच्छा र चाहना बमोजिम गुणस्तरीय उच्च शिक्षा प्रदान गर्न स्वच्छ र सुशासनयुक्त त्रिभुवन विश्वविद्यालय प्रशासन सञ्चालनको वातावरण बनाउन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीको ध्यानाकर्षण गराइएको छ।