नेपाल कम्युनिस्ट पार्टी (एमाले)का केन्द्रीय सचिव महेश बस्नेतले आज सूर्यविनायक नगरपालिका-७, गुण्डु वडा कार्यालयस्थित मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
अर्जुन चौपारी गाउँपालिका –१ मा क्रियापुत्रीले मतदान गर्नु भएको छ ।
सिन्धुली जिल्लामा प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि जिल्लाका दुवै निर्वाचन क्षेत्रका २७२ वटै मतदान केन्द्रमा शान्तिपूर्ण रूपमा मतदान जारी रहेको छ।
नेपाली कांग्रेसका डा. शेखर कोइरालाले विराटनगर महानगरपालिका–७ स्थित आदर्श माविमा रहेको मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।
बागलुङ कारागारमा मतदना सम्पन्न भएको छ । ५५ मतदाता रहेको बागलुङ कारागारको अस्थायी मदतान केन्द्रमा ५३ मत खसेको हो।
स्याङ्जामा प्रतिनिधि सभा सदस्यको निर्वाचनको मतदान शान्तिपूर्ण रुपमा भइरहेको छ । बिहीबार बिहान १०ः३० बजेसम्म २३ हजार ३५५ मतदाताले मतदान गरेका छन् ।
धनकुटामा आठ प्रतिशत मत खसेको छ । बिहीबार बिहान १० बजेसम्ममा ८ प्रतिसन मत खसेको हो । जिल्ला प्रहरी कार्यालय धनकुटाको निर्वाचन सेलले दिएको जानकारी अनुसार १० बजेर २० मिनेट जादासम्म नौ हजार ४ सय ४५ मत खसेको छ ।
म्याग्दीको रघुगङगा गाउँपालिका –८ ,पात्लेखर्कका एक सय एक वर्षीय रिबहादुर छन्त्यालले मतदान गर्नुभएको छ । बिहीबार बिहानदेखि सुरु भएको प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत सोही वडाको दुलेखर्कमा रहेको रितुङ मावि मतदान केन्द्रमा मतदानमा पुगेर उहाँले मतदान गर्नुभएको हो ।
जिल्ला कारागार भरतपुर मतदान केन्द्रमा सत् प्रतिशत मत खसेको छ । ११४ जना कैदीबन्दी र २ जना कर्मचारी गरेर ११६ जनाले मतदान गरेको कारागार प्रमुख रविन्द्र ढुङ्गनाले जानकारी दिनुभयो । यहाँ समानुपातिकमा मात्रै मत खसेको हो । सत् प्रतिशत मत खसेसगै यहाँको मतदान सकिएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत धनकुटा नगरपालिका–३ स्थित भाषा माध्यमिक विद्यालय मतदान केन्द्रमा ज्येष्ठ नागरिकदेखि राजनीतिक व्यक्तित्वसम्मले उत्साहपूर्वक मतदान गर्नुभएको छ।
बैतडीमा प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। प्रमुख जिल्ला अधिकारी कृष्ण थापाका अनुसार जिल्लाका सबै मतदान केन्द्रमा निर्धारित समयमै मतदान सुरु भएको हो।
पूर्वी पहाडी जिल्ला सङ्खुवासभाका १६४ मतदान केन्द्रमा बिहीबार बिहान ७ बजेदेखि शान्तिपूर्ण रूपमा मतदान जारी छ। मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार सबै केन्द्रमा निर्धारित समयमै मतदान प्रक्रिया सुरु भएको हो।
दुई निर्वाचन क्षेत्र रहेको इलाममा अहिलेसम्म करिब १० प्रतिशत मत खसेको छ। जिल्ला निर्वाचन कार्यालय इलामका अनुसार, हालसम्म १०.३६ प्रतिशत मत खसेको छ। जिल्लामा कुल दुई लाख ३१ हजार ८०९ मतदाता रहेका छन्। इलाममा १५० मतदान केन्द्रका २९०
पूर्वप्रधानमन्त्री झलनाथ खनालले इलामबाट मतदान गर्नुभएको छ । खनालले इलाम निर्वाचन क्षेत्र नं. १ को रम्फोक आधारभूत विद्यालयको केन्द्र क बाट मतदान गर्नुभयो ।
राष्ट्रिय सभा अध्यक्ष नारायण दाहालले प्रतिनिधिसभा निर्वाचन अन्तर्गत भरतपुर महानगरपालिका वडा नं. १४ शान्तिपुर स्थित नेपाल पुुलिस स्कूल मतदान केन्द्रबाट मतदान गर्नुभएको छ ।