शेयर गर्नुहोस:
फन्ट परिवर्तन गर्नुहोस:
वसन्त पराजुली
चितवन नारायणगढ फागुन २१ गते । जिल्ला कारागार भरतपुर मतदान केन्द्रमा सत् प्रतिशत मत खसेको छ । ११४ जना कैदीबन्दी र २ जना कर्मचारी गरेर ११६ जनाले मतदान गरेको कारागार प्रमुख रविन्द्र ढुङ्गनाले जानकारी दिनुभयो ।
यहाँ समानुपातिकमा मात्रै मत खसेको हो । सत् प्रतिशत मत खसेसगै यहाँको मतदान सकिएको छ ।
भरतपुर कारागारमा ६६९ जना कैदीबन्दी छन्। सबै कैदीबन्दीको मतदाता नामावलीमा नाम नभएपछि ११४ जना कैदी बन्दीले मात्रै मतदान गरेका हुन् ।