स्वदेशी स्याउ बजारमा आएपछि भारत र चीन दुवै ठाउँबाट आउने स्याउको बिक्री यहाँ बन्द भएको छ । कर्णाली प्रदेशका जुम्ला, कालीकोट, हुम्ला र मुगुमा उत्पादन गरिएको अर्गानिक स्याउ ठुलो मात्रामा स्थानीय बजारमा आएपछि भारत र चीनबाट आयात गरिने स्याउको बिक्री बन्द भएको हो ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष निर्वाचन आयोग र महिला आयोगका आर्थिक वर्ष २०८०/८१ को प्रतिवेदन प्रस्तुत भएका छन् ।
लगानी बोर्डको आगामी चारवर्षे रणनीतिक तथा व्यावसायिक कार्ययोजनालाई सैद्धान्तिक स्वीकृति प्रदान गरिएको छ ।
काठमाडौँ उपत्यकाबाट चाडबाडमा घर फर्किने यात्रुको चाप बढेपछि विभिन्न हवाई सेवा कम्पनीहरूले नयाँ गन्तव्यसहित उडान पनि थप गरेका छन् ।
चाडबाड मनाउन सडक यातायातबाट करिब १० लाख यात्रु काठमाडौँ उत्यकाबाट बाहिरिँदै छन् ।
खानेपानीमन्त्री प्रदीप यादवले काठमाडौं उपत्यकामा एक दिन बिराएर मेलम्चीको पानी वितरण गर्न निर्देशन दिनुभएको छ ।
एनसेल फाउन्डेसनले ललितपुरको गोदावरी नगरपालिकाका पीडित परिवारहरूलाई राहत प्याकेज वितरण गरेर सहयोग गरेको छ ।
दसैं जस्तो ठुलो चाडपर्व शुरु भइसकेको बेला नेपालगन्जमा अखाद्य, गुणस्तरहीन र खान अयोग्य मासु, माछा तथा मिठाई बिक्री गर्ने व्यवसायीहरुलाई धमाधम कारवाही गर्न थालिएको छ ।
चामुण्डाविन्द्रासैनी नगरपालिका–२ चाल्ने चौतारामा यात्रु बोकेको एसएमएल गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
गृहमन्त्री रमेश लेखकले हालैको विपत्बाट विस्थापितहरूको पुनर्वासका लागि सरकारले चाँडै व्यवस्था गर्ने बताउनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले विकास निर्माणको शैलीमा सामान्य सुधार नभई आमूल परिवर्तन गर्नुपर्ने बताउनुभएको छ।
पशुपति गौशाला सञ्चालन व्यवस्थापन गर्न काठमाडौँ महानगरपालिका र पशुपति क्षेत्र विकास कोषबिच सहमति पत्रमा हस्ताक्षर भएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले असोज २६ गते शनिबार अपरान्ह तीन बजेदेखि टीका तथा प्रसाद प्रदान गर्नुहुने भएको छ।
आगामी वर्षदेखि नेपालगन्जस्थित भेरी अस्पतालमा सुरु हुने एमडी/एमएस (पिजी) को पढाइका लागि हाललाई २८ जनाको कोटा निर्धारण गरिएको छ।
ताप्लेजुङको ओलाङ्चुङगोलास्थित सशस्त्र प्रहरी बल बीओपी (बोर्डर पोष्ट आउट) को टोलीले टिपतालाको निरीक्षण गरेको छ। बीओपीको टोलीले चीनको स्वशासित क्षेत्र तिब्बत नेपालको सिमाना टिपतालाको निरीक्षण गरेको हो।