दसैँमा देवी दुर्गाको मन्दिरमा बोकाको बली दिन बोका खरिद गर्ने भक्तजन(उपभोक्ताहरू) मनोमानी मूल्यमा बोका खरिद गर्नुपर्ने बाध्यता रहेको गुनासो गरेका छन् ।
नेपालले सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यु–२० च्याम्पियनसिपमा माल्दिभ्सविरुद्ध सहज जित निकालेको छ ।
धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ। नेपाल स्टक एक्सचेन्जका अनुसार, नेप्से परिसूचक २७ दशमलव ३९ अङ्कले ओरालो लागेर दुई हजार छ सय ६३ दशमलव ३२ मा सीमित भएको छ।
गुल्मीमा चाडपर्व लक्षित पाँच सय ३८ पसलमा अनुगमन गरेको घरेलु तथा साना उद्योग कार्यालय गुल्मीका प्रमुख राजीव अर्यालले जानकारी दिनुभयो। पछिल्लो समयमा ग्रामीण स्तरमासमेत पुगेर अनुगमन गरेकाले पहिलो चरणमा सचेत गराइएको उहाँको भनाइ छ ।
सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरस्थित थारु गाउँमा सखिया नाचको रौनक बढेको छ।
मधेश प्रदेशका गृह, सञ्चार तथा कानुन मन्त्री राजकुमार लेखीले द्वन्द्वपीडितको सवाललाई सम्बोधन गर्नका लागि प्रदेश सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताउनुभएको छ ।
मन्त्रिपरिषद्को बैठकले थप ५७ वटा हिमाल आरोहणका लागि खुला गर्ने निर्णय गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले प्रा. डा. तत्व तिम्सिनाद्वारा लिखित ‘समृद्धिको अन्तर्वस्तुु’ पुस्तकको आज लोकार्पण गर्नुभएको छ ।
सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले मङ्गलबार बसेको मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्नुभएको छ । उहाँले मन्त्रिपरिषद् बैठकले गरेका ११ निर्णय सार्वजनिक गर्नुभएकाे हाे ।
मकवानपुर प्रहरीले पेट्रोलियम पदार्थ बोक्ने ट्याङ्करबाट ३९२ किलो गाजा बरामद गरेको छ ।
म्याग्दीको धवलागिरी हिमाल आरोहणका क्रममा हराइरहेका पाँच रसियाली आरोही मृतावस्थामा भेटिएका छन् ।
मृतकको शव परीक्षणका लागि दमौली अस्पताल पठाइएको र घटनाबारे अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिनुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती संघले सहयोग रकम हस्तान्तरण गरेका छन् ।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकार मुलुकभित्रै औद्योगिक वातावरण बनाइ वैदेशिक र निजी लगानी आकर्षित गरी स्वदेशमै मर्यादित रोजगारीका अवसर सिर्जना गर्न क्रियाशिल रहेको बताउनुभएको छ ।
बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् ।