• २२ असोज २०८१, मङ्गलबार

प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा रकम हस्तान्तरण

blog

काठमाडौं, असोज २२ गते । प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्री दैवी प्रकोप राहत कोषका लागि आज कर्मचारी सञ्चय कोष र नेपाल प्रहरी श्रीमती सङ्घले सहयोग रकम हस्तान्तरण गरेका छन् ।

कोषका प्रमुख प्रशासक जितेन्द्र धितालसहित सञ्चालक सदस्यले प्रधानमन्त्री निवास बालुवाटारमा रु. दुई करोडको चेक हस्तान्तरण गर्नुभएको हो ।

यसैगरी प्रहरी श्रीमती सङ्घका अध्यक्ष लक्ष्मी कुवँरले रु. पाँच लाख ५५ हजार पाँच सय ५५ को चेक हस्तान्तरण गर्नुभयो ।