पुरुषोत्तम सुबेदी
पश्चिम नवलपरासी, पुस ५ गते । तराईमा विगत केही दिनदेखि ह्वात्तै बढेको अत्यधिक चिसो र शीतलहरका कारण जनजीवन प्रभावित भएपछि पश्चिम नवलपरासीमा रामग्राम नगरपालिकाले नगरवासीलाई राहत दिन सक्रियता देखाएको छ ।
चोक–चोकमा आगो ताप्ने व्यवस्था
नगरपालिकाले नगरका मुख्य चोक, चौतारा र सार्वजनिक स्थानहरूमा आगो ताप्नका लागि दाउरा वितरण सुरु गरेको छ । पहिलो चरणमा बढी आवतजावत हुने स्थानहरूमा दाउरा पुर्याइएको र नगरका अन्य सबै वडा तथा आवश्यक स्थानहरूमा यो क्रम विस्तार गरिने नगरपालिकाले जनाएको छ ।
चिसोले विशेषगरी विपन्न परिवार, वृद्धवृद्धा र बालबालिकालाई बढी असर पु¥याउने हुँदा हामीले तत्कालै दाउरा वितरणको काम सुरु गरेका हौँ । नगर प्रमुख एवम् विपद् व्यवस्थापन समिति संयोजक धनपत यादवले नगरवासीको सुरक्षा आफ्नो पहिलो प्राथमिकता रहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘कोही पनि नगरवासीले चिसोका कारण कष्ट भोग्नु नपरोस् भनेर हामी सचेत छौँ र अन्य राहतका प्याकेज पनि ल्याउँदैछौँ ।’’
“नगरपालिकाले दाउरा वितरणसँगै अपाङ्गता भएका व्यक्तिहरूका लागि न्यानो कपडा प्रदान गर्ने निर्णय गरेको छ । त्यस्तै, नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत भुपेन्द्र पाण्डेयले प्रशासनिक रूपमा विपद् व्यवस्थापनका सबै संयन्त्रलाई परिचालन गरिएको जानकारी दिनुभयो । उहाँले भन्नुभयोः हामी स्वास्थ्य शाखामार्फत पनि चिसोबाट लाग्ने रोगहरू न्यूनीकरणका लागि तयारी अवस्थामा छौँ ।
विशेष लक्षित वर्गलाई न्यानो कपडा
नगरपालिकाले केवल दाउरा मात्र नभई, चिसोबाट बढी जोखिममा रहेका अपाङ्गता भएका व्यक्तिहरूलाई पहिचान गरी न्यानो कपडा वितरण गर्ने कार्यलाई पनि प्राथमिकतामा राखेको छ ।