किमाथाङ्का (सङ्खुवासभा), असोज २३ गते । जिल्लाको दुर्गम उत्तरी क्षेत्र भोटखोलामा रहेको हटियागोला खाद्य डिपोमा चामल अभाव भएको छ । वार्षिक खाद्यान्न कोटा पाँच सय क्विन्टल मात्र भएकाले स्थानीयले अनुदानको चामल पाउन सकेका छैनन् । खाद्य डिपोमा १५ महिनादेखि चामल अभाव भएको हो । खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुदानको चामल प्रशासनिक प्रक्रिया समयमा पूरा नहुँदा आपूर्ति गर्न नसकेको जनाएको छ । हटियागोला खाद्य डिपोमा गत वर्षदेखि चामल अभाव हुँदा समस्या भएको भोटखोला गाउँपालिका अध्यक्ष वाङछेदर भोटेले बताउनुभयो ।जिल्ला प्रशासन कार्यालयमार्फत प्रादेशिक खाद्य व्यवस्था तथा व्यापार कम्पनी विराटनगर र केन्द्रीय कार्यालय काठमाडौँलाई पत्राचार गरिएको भए पनि चाडबाडको समयमा समेत हटियागोला खाद्य डिपोमा चामल नआएको गाउँपालिका अध्यक्ष भोटेको गुनासो गर्नुभयो ।डिपोमा चामल अभाव भएको र किमाथाङ्कानाका सीमापारिको चीनको चाँगामा पहिराका कारण नाका बन्द हुँदा भोटखोलावासीलाई थप समस्या भएको अध्यक्ष भोटेले बताउनुभयो । भोटखोला गाउँपालिकाका अधिकांश नागरिक खाद्यान्नलगायत दैनिक उपभोग्य वस्तुका लागि सीमावर्ती चिनियाँ बजार चाँगा र देन्दाङमा निर्भर रहँदै आएका छन् । चीनको चाँगामा पहिरो खसेका कारण असोज १२ गतेदेखि आवागमनमा रोक लगाइएको हो । सदरमुकाम खाँदबारीमा एक हजार पाँच सय क्विन्टल र उत्तरी क्षेत्र भोटखोलामा पाँच सय क्विन्टलको कोटा तोकिएको छ । रासस
बाजुराका अधिकांश स्थानीय तहमा निर्माण गरिएका झोलुङ्गे पुल पछिल्लो समय जीर्ण बन्दै गएका छन् ।
यही असोज १० देखि १२ गतेसम्मको भारी वर्षाका कारण आएको बाढीपहिरोले अवरुद्ध पारेका विभिन्न राजमार्गका पाँच खण्ड अझै खुल्न सकेका छैनन् ।
नवदुर्गा गाउँपालिकाले शैक्षिक गुणस्तरमा सुधार ल्याउन गत वर्षदेखि अतिरिक्त कक्षा सञ्चालन गर्दै आइरहेको छ । अतिरिक्त कक्षामा मुख्य तीन विषय अङ्ग्रेजी, गणित र विज्ञानका अतिरिक्त कक्षा सञ्चालन हुन थालेका छन् ।
कालीकोट जिल्लाको रास्कोट नगरपालिकाले प्रयोग गर्दै आएका आफ्ना दुई वटा गाडी लामो समयदेखि सुर्खेतस्थित ग्यारेजमा थन्क्याइएको छ ।
पूर्वी नवलपरासीको बौदीकाली गाउँपालिका–१, मचेडीका लालबहादुर क्षेत्री रोटेपिङ खेल्न मन भए पनि खेल्न नपाएको ११ वर्ष भएको सुनाउनुहुन्छ ।
पुतलीबजार नगरपालिका–१०, राङखोला निवासी छबबहादुर विश्वकर्माले विगत २५ वर्षदेखि व्यावसायिक रूपमा आरनको काम गर्दै आउनुभएको छ ।
आश्विन शुक्ल षष्ठीका दिन आज बुधबार दसैँ घर वा पूजा कोठामा कात्यायनीको विधिपूर्वक पूजा आराधना गरिँदै छ ।
बाँकेको राप्तीसोनारी गाउँपालिकाको खल्लाझगडियास्थित राप्ती नदीमा भत्किएको तटबन्ध निर्माणका लागि पटक पटक बजेट माग गरिए पनि सरकारले बजेट नदिँदा गाउँपालिकाले गैरसरकारी संस्थाको सहयोगमा तटबन्धको अस्थायी मर्मत गरेको
दाङको गढवा–कालाकाँटे हुलाकी सडक निर्माणको काम पुनः सुरु भएको छ ।
जल तथा मौसम विज्ञान विभागले कोशी प्रदेशलगायत मधेस र बागमती प्रदेशका पूर्वी भागमा मनसुनी वायुको प्रभाव रहेको जनाएको छ ।
जलसम्पदामा विश्वमै धनीमध्येको मुलुक भनेर चिनिँदै आएको भए पनि उपयोगमा ल्याउन नसक्दा हुने गरेको आमनेपालीको पीडानुभूतिमा बिस्तारै मलम लाग्न थालेको छ ।
आर्थिक सामाजिक रूपान्तरणका लागि मुलुकले लामो समयदेखि प्रतीक्षा गर्दै आएको छ ।
कैलालीबाट अछाम आइरहेको हाइस दैलेख जिल्लाको तल्लो डुङ्गेश्वर नजिक दुर्घटना हुँदा १३ जना घाइते भएका छन् ।
नेपाल बहुजाति, बहुधर्म, बहुभाषा, बहुसंस्कार–संस्कृति भएको मुलुक हो ।