नेपालको आँखा उपचार सेवाले अन्तराष्ट्रिय क्षेत्रमा प्रतिष्ठा हासिल गरिरहेको छ । पछिल्लो समय भारतीय सीमा क्षेत्रका नागरिक एवम् अन्य देशका नागरिक समेत नेपालका आँखा उपचार केन्द्रमा सेवा लिन आउनेक्रममा वृद्धि भइरहेको छ ।
बाँकेको खजुरा गाउँपालिका वडा ६ का दृष्टिविहीन जयबहादुर विकको घर वर्षामा भत्किएपछि पत्रकारले सहयोग जुटाएर बनाएका छन् ।
दसैंजस्तो ठुलो चाडपर्व चलिरहेकै बेला बाँकेकै दुर्गम मानिने नरैनापुर गाउँपालिकामा लुम्बिनी प्रदेश प्रहरी अस्पतालले एक दिने निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले नेपाल विश्वविद्यालयका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक प्रमाणीकरण गर्नुभएको छ ।
म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ घराम्दी गाउँमा दसैँको अवसरमा हालिएको लिङ्गेपिङ ।
प्युठानको ऐरावती गाउँपालिका वडा नम्बर २ स्थित रहेको बरौंला बजार सुन्दर देखिएको छ । बरौंलामा ६ वटा वडा रहेको ऐरावती गाउँपालिकाको मुकाम हो ।
जनताको गुनासो सुन्न र त्यसलाई कार्यान्वयन गर्न कपिलवस्तु प्रहरीले नागरिक सुनुवाइ कार्यक्रम सञ्चालन गरेको छ ।
नवरात्र सुरु भएसँगै जिल्लाका विभिन्न स्थानमा रहेका शक्तिपीठमा भक्तजनको चहलपहल बढेको छ । नवरात्रको छैटौँ दिन आज बिहानैदेखि छिन्नमस्ता र कङ्कालिनी मन्दिरमा भक्तजनको भीड लागेको हो ।
एकसय ५० औं विश्व हुलाक दिवसका अवसरमा बुधबार बिहान बेनीमा प्रभातफेरी आयोजना गरिएको छ । जिल्ला हुलाक कार्यालय म्याग्दीको आयोजनामा बेनीको विरेन्द्रचोकबाट सुरु भएको प्रभातफेरी न्यूरोड, क्याम्पसचोक, संगमचोक हुँदै बजार परिक्रमापछि जिल्ला समन्वय समितिको सभाहलमा पुगेर कार्यक्रममा परिणत भएको थियो ।
गुल्मीको ऐतिहासिक, धार्मिक तथा पर्यटकीय क्षेत्र रेसुङ्गामा गाईको महत्व उजागर गर्न महायज्ञ सञ्चालन गर्न लागिएको छ ।
बाढीले बेलिब्रिज बगाएपछि असोज १२ गतेदेखि आवागमन ठप्प भएको मेची राजमार्गस्थित हेवा खोलामा बुधबार बिहानदेखि आवागमन सुरु भएको छ ।
नवलपुर ट्राफिक प्रहरीले चोक चोकमा चालकलाई रोकेर सम्झाउँदै, बुझाउँदै दसैको शुभकामना दिएर पठाउने अभियान सुरु गरेको छ ।
नेपालीहरुको घरमा महान पर्व दसैँ बिहीबारदेखि सुरु भएको छ । घटस्थापनासँगै यस वर्षको दशैँ घर–घरमा प्रवेश गरेको छ । घटस्थापनाको सङ्घारमा कतिपय देवी देवताका मन्दिरमा रङरोगन, सरसफाइ चलिरहेको छ । मठमन्दिरसहित घरमा घटस्थापनाका लागि आवश्यक पर्ने पूजा सामग्रीका जोहो गर्न थालिसकिएको छ ।
काठमाडौँ उपत्यकाबाट बडादसैँ मनाउन दैनिक एक लाखको हाराहारीमा मानिस बाहिरिन थालेका छन् । काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रुको चाप बढेको छ ।
काठमाडौँ उपत्यका ट्राफिक कार्यालयका नायब उपरीक्षक रवीन कार्कीका अनुसार उपत्यकाबाट बाहिरिने चारवटै नाकामा सवारीसाधन र यात्रीको चाप बढेको छ ।