चालु आर्थिक वर्ष २०८१/८२ को पहिलो दुई महिनामा सात अर्ब ५४ करोड ६१ लाख रुपियाँको विद्युत् भारततर्फ निर्यात भएको छ । नेपाल विद्युत् प्राधिकरणले साउन र भदौमा देशभित्र खपत गरी अतिरिक्त भएको वर्षायामको एक अर्ब दुई करोड ९२ लाख युनिट वि
कर्णाली प्रदेशमा शिक्षाको लगानी क्षमता विकास, तालिम, प्रशिक्षणभन्दा पनि पूर्वाधारमा बढी गर्ने गरिएको छ । गुणस्तरीय शिक्षाका लागि आवश्यक तालिम, प्रशिक्षण, स्रोत सामग्रीलगायत कक्षाकोठाभित्रको अवस्था सुधार्नुभन्दा विद्यालय भवन र कक्षाकोठा बनाउनेतर्फ लगानी बढी हुन गरेको छ ।
भारत सरकारले दशवटा प्रिफ्याब्रिकेटेड स्टिल ब्रिज (पुल)का पार्टपुर्जाको पहिलो खेप नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
यो वर्षको दसैँमा मकवानपुरमा एउटै स्थानीय तहबाट झन्डै एक करोड रुपियाँ बराबरको खसीबोका बिक्रीका लागि काठमाडौँ पठाइएको छ । पूर्वी मकवानपुरको बागमती गाउँपालिकाका किसानले
नवरात्रको सातौँ दिन बिहीबार दसैँघरमा हर्षोल्लासका साथ फूलपाती भित्र्याउने र बढाइँ गरिँदै छ । सोही उपलक्ष्यमा गोरखा दरबारबाट फूलपाती ल्याएर काठमाडौँको हनुमानढोका दसैँघरमा भित्र्याउ
दसैँको चहलपहलसँगै विभिन्न मठमन्दिरमा त्रिशुल, घन्ट, धामी झाँक्रीले लगाउने चाँदीका बाला र भगवतीका शक्तिपीठमा राँगा÷बोकाको बलि दिने खुँडाको माग बढे पनि जिल्लाका अधिकांश आरन खाली छन् । आरनमा फलाम पिट्ने कालिगड छैनन् । आरनको सिप भएका अधिकांश दलित रोजगारी खोज्न भारत पलायन भएपछि गाउँमा अचेल कालिगड भेटाउन मुस्किल परेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई सञ्चालक समितिका निर्णय तथा ठेक्कापट्टालगायतका १५ विभिन्न बुँदामा जानकारी माग गरेको छ ।
दसैँ नमनाउने ललितपुरको खोकनामा सिकाली जात्रा भव्य रूपमा मनाइँदै छ । आश्विन शुक्ल प्रतिपदा (घटस्थापना) को दिनदेखि सुरु हुने यो जात्रा षष्ठीको दिनसम्म चल्छ । स्थानीय नरोत्तम श्रेष्ठका अनुसार आश्विन शुक्ल प्रतिपदाको दिनदेखि हरेक दिन नुहाउने र एक छाक मात्रै खाना खाएका कुमार केटाहरूले दुई दिनसम्म गाउँ परिव्रmमा गरेर पूजा सामग्री सङ्कलन गर्छन् ।
असोज दोस्रो साता आएको बाढीपहिरोले बिपी राजमार्गसहितका तराई र भित्री मधेशलाई काठमाडौँसँग जोड्ने सडक सञ्जालहरू टुटेर सडक सम्पर्कविहीन भएसँगै बिपीमार्गको विकल्पमा महाभारत पर्यटनमार्ग बनाउन माग गरिएको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलले दसैँ पर्वको संरक्षण एवं संवर्धनबाट राष्ट्र र राष्ट्रियताप्रति अटल सम्मान र गहिरो प्रेमको भावना जागृत गर्न सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । शुभकामना दिँदै उहाँले बडादसैँले स
प्रधानमन्त्री केपी शर्मा ओलीले दोहोरो नागरिकताको समस्याबारे गम्भीर छलफल आवश्यक भएको बताउनुभएको छ । गैरआवासीय नेपाली सङ्घका पदाधिकारीसँग प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटघाटमा उहाँले दोहोरो नागरिकताको विषयमा गम्भीर छलफल आवश्यक रहेको बताउनुभएको हो ।
बिहानै एक जना बारीमा जाने, खाना खानका लागि अर्को सदस्यले पालो दिने र दिनभरि फेरि अर्को एक जनाले बारी कुर्ने यहाँका किसानको दैनिकी हो । घरमा परिवारका धेरै सदस्य हुनेलाई त पालैपालो
कुनै समय सञ्चारको सबैभन्दा महŒवपूर्ण माध्यमका रूपमा रहेको हुलाक प्रविधिको विकाससँगै कामविहीन बनेपछि पार्सल तथा अन्य सामग्री सुपथ मूल्यमा ढुवानी गर्न थालेको छ । २० वर्षअघिसम्म निकै महत्त्व भएको हुलाक र हुलाकीको जिम्मेवारी र दायित्वमा अहिले परिवर्तन आएको छ । आधुनिक प्रविधिको विकासले सञ्चारका लागि अन्य सामाजिक सञ्जाल तथा फोनको प्रयोग बढ्न थालेपछि हुलाकले दिने सेवामा परिवर्तन आएको हो ।
हमासले बुधबार आफ्नो प्रतिद्वन्द्वी प्यालेस्टाइनी गुट फतहसँग गाजा पट्टीमा वर्षौ लामो युद्ध र राष्ट्रिय एकतातर्फको प्रयासबारे छलफल गर्न कायरोमा बैठक सुरु गरेको बताएको छ ।
मकवानपुरको भैंसे–भिमफेदी सडक खण्डको भिमफेदी–४ गोल्पिङमा बुधवार साँझ सवारी दुर्घटना हुँदा छजना गम्भीर घाइते भएका छन ।