सत्तारुढ दल नेकपा एमालेको सचिवालय बैठक सुरु भएको छ ।
तानसेनस्थित दशैँ घरमा विधिपूर्वक बिहीबार बिहान फूलपाती भित्र्याइएको छ । बडा दशैँको सातौँ दिन सप्तमी पर्वको अवसर पारेर तानसेन–४, सिल्खानटोलमा रहेको दशैँघरमा फूलपाती भित्र्याइएको हो ।
भारतको आर्थिक राजधानी मुम्बईमा उद्योगपति रतन टाटाको अन्त्येष्टिका लागि बिहीबार शोक मनाउनेहरुको भीड जम्मा भएको छ । बुधबार ८६ वर्षको उमेरमा निधन भएका टाटाले टाटा समूहलाई सफ्टवेयरदेखि स्पोर्ट्स कारसम्मका ‘पोर्टफोलियो’ सहितको विशाल अन्तर्राष्ट्रिय उद्यममा रूपान्तरण गर्नुभएको थियो ।
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ । आज बिहान शुभसाइतमा दरबारका सुसारेहरुले विधिपूर्वक पूजाअर्चना गरी हुनमान ढोका दरबारका लागि फूलपाती पठाइएको गोरखकाली मन्दिरका मूल पुजारी शारदाप्रसाद भट्टराईले बताउनुभयो ।
१७ वर्षअघि जिल्लामा स्थापना भएको आँखा उपचार केन्द्रबाट ज्येष्ठ नागरिकको उपचारमा सहज हुँदैगएको छ । आँखा उपचार केन्द (प्रस्तावित नरेन्द्र गायत्री आँखा अस्पताल) ले स्थानीय तहसँग सहकार्य गरेपछि ज्येष्ठ नागरिकले निःशुल्क र सहज उपचार पाएका छन् ।
मकवानपुरको भीमफेदी गाउँपालिकामा रहेको माण्डु हाइड्रोपावर लिमिटेडको उत्पादन बन्द भएको छ।
उपत्यकामा मेलम्चीको खानेपानी वितरण सुरु गरिएको छ । मेलम्ची खानेपानी विकास समितिले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको हो ।
बडादसैँका बेला यहाँका युवा र बालबालिका चङ्गा चेटमा रमाएका छन् । बागलुङस्थित धवलागिरि क्याम्पस चौरमा आयोजित चङ्गा चेट प्रतियोगिताले दसैँको माहोल बढाएको हो ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका वडा नम्बर ९ को मर्दी हिमाल नजिकैको खुदार सिंह डाँडामा युवा पर्यटन व्यवसायी सुदीप गौतमको शालिक राखिएको छ ।
तनहुँको व्यास नगरपालिका क्षेत्रमा भाइरल ज्वरो तथा डेंगुका बिरामी बढेका छन् । बिरामीको चाप बढैसँगै जिल्ला अस्पतालमा शय्या अभाव भएको छ।
बागमती प्रदेशका प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले बडादसैँले एकआपसमा मेलमिलाप, एकता र सद्भाव वृद्धि गर्ने विश्वास व्यक्त गर्नुभएको छ ।
हेटौँडा–काठमाडौँ छोटो मार्गअन्तर्गत मकवानपुरको भीमफेदी–४ गोल्पिङ बेंसीमा बुधबार साँझ भएको सवारी दुर्घटनामा घाइते भएका ४१ जनामध्ये ३१ जना डिस्चार्ज भएका छन् भने १० जनाको उपचार भइरहेको छ ।
गोरखा दरबारस्थित दसैँघरबाट काठमाडौँको हनुमान ढोका दरबारका लागि फूलपातीसहितको डोली पठाइएको छ ।
भ्वाइस अफ धरान–२०८१ को विजेता धरान–१२ का अनिश राई बन्नुभएको छ ।
मकवानपुरको भीमफेदी गाउँपालिका –१ मा भीरबाट खसेको ढुङ्गा बसको अगाडिको भागको सिसामा लागेर फुट्न गई दाहिने हातमा र पेटमा चोट लागेर घाइतेभएकी एक बालिकाको उपचारको क्रममा मृत्युभएको छ ।