• २४ असोज २०८१, बिहिबार

भिमफेदीमा सवारी दुर्घटना : छजना गम्भीर घाइते

blog

दुर्घटनामा परेको सवारी साधन । तस्बिर सौजन्य : जिल्ला प्रहरी कार्यालय मकवानपुर

अनिल पराजुली

हेटौँडा, असोज २३ गते । मकवानपुरको भैंसे–भिमफेदी सडक खण्डको भिमफेदी–४ गोल्पिङमा बुधवार साँझ सवारी दुर्घटना हुँदा छजना गम्भीर घाइते भएका छन । 

साँझ सात बजेको समयमा हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ९८३ नम्बरको ट्याक्सी र काठमाडौँबाट जनकपुरका लागि आउँदै गरेको बा ३ ख २७२३ नम्बरको मिनी बस एक आपसमा ठक्कर खाई पुन हेटौँडाबाट काठमाडौँतर्फ जाँदै गरेको बा २ ज ८० नम्बरको ट्याक्सी समेत ठोकिन गई दुर्घटना भएको हो । 

सवारी दुर्घटनामा बस सडकबाट अन्दाजी १० मिटर तल खसेर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरीक्षक विश्वराज खड्काले जानकारी दिनुभयो । दुर्घटनामा परेकाहरूको नामथर वतन नखुलेको प्रहरीको भनाइ छ । सबै घाइतेलाई उद्धार गरी उपचारका लागि हेटौँडा पठाइएको छ । घटनाको थप विवरण आउन बाँकी छ ।