प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा मतदान सकिएलगत्तै क्षेत्र नम्बर २ का सबै मतपेटिका मतगणनास्थलमा ल्याईएको छ।
हमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ ।
दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ ।
सुदूरपश्चिम प्रदेशमा रहेका आधा मतदाताले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका छैनन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ४३ प्रतिशत मत खसेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गर्नुभएको छ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र मतदाता रहेको कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५५.४ प्रतिशत मत खसेको छ।
रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा हिमाली जिल्ला रसुवामा ६१.३९ प्रतिशत मत खसेको छ।
धादिङ जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्यका लागि बिहीबार भएको मतदानमा धनुषामा करिब ६० प्रतिशत मतदान भएको प्रारम्भिक अनुमान निर्वाचन कार्यालय मधेस प्रदेशले गरेको छ।
जुम्लामा ५७.४४ प्रतिशत मत खसेको छ । जिल्ला निर्वाचन कार्यालय जुम्लाका अनुसार जुम्लामा महिला २१ हजार एक सय ४६ जना, पुरुष : २० हजार ६४ जना मतदाता गरि जम्मा रु ४१ हजार दुई सय १० मत खसेको हो ।
पाँचथर जिल्लामा ४९.६३ प्रतिशत मत खसेको छ। जिल्लाभर ७१ हजार १ सय ७० मत खसेको प्रारम्भिक तथ्याङ्क प्राप्त भएको हो।
सुनसरी-१ मा ५८ प्रतिशत मत खसेको छ ।