नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न भएकामा धन्यवाद ज्ञापन गर्नुभएको छ ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत सुदूरपश्चिम प्रदेशमा कुल ५०.९ प्रतिशत मतदान भएको छ ।
पाल्पामा एक लाख १५ हजार बढी मतदाताले मतदान गरेका छन् ।
प्रतिनिधि सभा सदस्य निर्वाचन अन्तर्गत जाजरकोटमा ५६.१४ प्रतिशत मत खसेको छ ।
प्राप्त जिम्मेवारी पूरा गर्न सकेकोमा खुसी त लाग्ने नै भयो । म खुसी छु । हामीलाई प्राप्त जिम्मेवारी नै त्यही थियो । तर म एक्लैले यो सम्भव भएको होइन ।
प्रतिनिधिसभा सदस्यको निर्वाचनका लागि बाँके जिल्लामा मतदान सकिएलगत्तै क्षेत्र नम्बर २ का सबै मतपेटिका मतगणनास्थलमा ल्याईएको छ।
हमन्त्री ओमप्रकाश अर्यालले प्रतिनिधि सभा सदस्य निर्वाचनको मतदान कार्य शान्तिपूर्ण र उत्साहजनक रुपमा सम्पन्न भएकोमा सबैलाई धन्यवाद दिनुभएको छ ।
दुई प्रतिनिधि सभा निर्वाचन भएको सिन्धुपाल्चोकमा कूल मतको ५५. ६९ प्रतिशत मत खसेको छ ।
प्रतिनिधिसभा सदस्यको निर्वाचन आज सम्पन्न भएसँगै मतगणना तयारी भइरहेको छ । काठमाडौँको क्षेत्र नं १ को मतगणना सहकारी विभागमा हुँदैछ ।
सुदूरपश्चिम प्रदेशमा रहेका आधा मतदाताले प्रतिनिधि सभा सदस्यको निर्वाचनमा भाग लिएका छैनन् ।
फागुन २१ गते भएको प्रतिनिधिसभाको निर्वाचनमा खोटाङमा ४३ प्रतिशत मत खसेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले प्रतिनिधिसभा सदस्यको निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भइ मुलुकमा उत्पन्न जटिल परिस्थितिले निकास पाएकोमा सन्तोष प्रकट गर्नुभएको छ।
सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी निर्वाचन क्षेत्र र मतदाता रहेको कैलालीमा प्रतिनिधिसभा सदस्य निर्वाचनमा ५५.४ प्रतिशत मत खसेको छ।
रसुवामा ६१ दशमलव ३८ प्रतिशत मतदान भएको छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि भएको मतदानमा हिमाली जिल्ला रसुवामा ६१.३९ प्रतिशत मत खसेको छ।