प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बैतडीमा मतदान शान्तिपूर्ण तथा उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको छ ।
प्रतिनिधिसभा सदस्यको आज सम्पन्न निर्वाचनको मतदान केन्द्रबाट मतपेटिकाहरु सङ्कलन गरेर सम्बन्धित क्षेत्रको निर्वाचन अधिकृतको कार्यालयमा धमाधम ढुवानी क्रम जारी रहेकाे छ ।
ओखलढुङ्गाको मानेभन्ज्याङ गाउँपालिका–७, सातसल्ले मतदान केन्द्रमा मतदाताले मतदान बहिष्कार गरेका छन् ।
नेपाली सेनाले अन्य सुरक्षा निकाय, स्थानीय प्रशासन, आमनागरिकसँगको सहयोग र समन्वयमा प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षित रुपमा सम्पन्न भएको जनाएको छ।
कैलाली क्षेत्र नम्बर १ मा ५० दशमलव ५५ प्रतिशत मत खसेको छ । निर्वाचन अधिकृत देवराज भारतीका अनुसार यस क्षेत्रमा ५४ हजार ८४४ मत खसेको हो ।
एकमात्र सङ्घीय निर्वाचन क्षेत्र रहेको सल्यानमा विहिबार भएको मतदानमा ४८.१४ प्रतिशतले मतदान गरेका छन् ।
नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले प्रतिनिधिसभाको निर्वाचनमा देशव्यापी रुपमा मतदाताले प्रकट गरेको उत्साह एवम् सक्रिय सहभागीताले लोकतन्त्रप्रतिको निष्ठा अभिव्यक्त भएको बताउनुभएको छ ।
चीनले सन् २०२६ का लागि आफ्नो रक्षा बजेट ७ प्रतिशतले वृद्धि गर्ने प्रस्ताव सार्वजनिक गरेको छ । राष्ट्रिय विधायिकामा प्रस्तुत गरिएको बजेट प्रतिवेदन अनुसार आगामी वर्ष चीनले करिब १।९ ट्रिलियन युआन अर्थात् झण्डै २७५ अर्ब अमेरिकी डलर रक्षा क्षेत्रमा खर्च गर्ने योजना बनाएको छ ।
बिहीबार भएको प्रतिनिधिसभा सदस्यको निर्वाचन झापामा शान्तिपूर्ण तवरले सम्पन्न भएको छ। निर्वाचनका लागि नेपाली सेनासहित व्यापक सुरक्षाकर्मी परिचालन गरिएको थियो।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र साहले प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा आज लोकतन्त्रले जितेको बताउनुभएको छ ।
प्रतिनिधिसभाको बिहीबार सम्पन्न निर्वाचनमा रौतहट जिल्लामा उम्मेदवारी दिनुभएका पूर्वप्रधानमन्त्रीसहित तीन जना पूर्वमन्त्रीले मतदान गर्नुभएको छ ।
तीन निर्वाचन क्षेत्र रहेको कास्कीमा बिहीबार भएको मतदानमा करिब ६० प्रतिशत मत खसेको छ ।
कारागार कार्यालय भिमफेदी मकवानपुरका १४३ जना कैदीबन्दीले मतदान गरेका छन् ।
मतदान सकिए लगतै इलाममा मतपेटिका सङ्कलन सुरु भएको छ ।
सिन्धुली जिल्लाको निर्वाचन क्षेत्र नं. १ अन्तर्गत दूधौली नगरपालिकामा बाबुको काजकिरिया गरिरहेका क्रियापुत्री पनि बिहीबार भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको मतदान कार्यमा सहभागी भएका छन् ।