नेपालमा बाँसजन्य वनस्पतिका ७६ भन्दा बढी प्रजाति छन् । तीबाट एक हजार पाँच सय प्रकारका सामान उत्पादन हुने गरेको छ ।
विराटनगरमा ‘नरेको सेकुवा’ सम्झिनेबित्तिकै मासुका पारखीका लागि मुखमा पानी आउँछ ।
रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत तेस्रो चरणको भाषा परीक्षामा तीन हजारभन्दा बढी परीक्षार्थी उत्तीर्ण भएका छन् ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भैरहवाबाट मङ्सिर ३० देखि उडान रोकेको फ्लाई दुबईले पुनः उडान सुचारु गर्ने भएको छ । मौसमको कारण देखाउँदै दुबई–भैरहवा उडान रोकेको फ्लाई दुबईले पुस २९ देखि पुनः उडान सुरु गर्ने तयारी गरेको हो ।
नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य वृद्धि भएको छ ।
नेपाल निर्जीवन बिमा व्यवसायी सङ्घले सञ्चालकको स्वामित्वमा भएको सेयर कम्पनीमा राजीनामापछि पनि एक वर्षसम्म बेच्न नपाउने व्यवस्था अव्यावहारिक भएको जनाएको छ ।
चालु आर्थिक वर्ष २०८१/८२ को पाँच महिना (साउन–मङ्सिर) मा नेपालको आयातनिर्यातमा सुधार आएको छ । भन्सार विभागले आइतबार सार्वजनिक गरेको तथ्याङ्क अनुसार आयातनिर्यात दुवैमा सुधार आएको हो ।
पोखराको सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी अभियोगमा पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसहित ४४ जनाविरुद्ध आइतबार मुद्दा दायर भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारका लागि सबैले गम्भीरतापूर्वक लिनुपर्ने बताउनुभएको छ ।
भारतका प्रसिद्ध गायक सोनु निगमले नेपाली दर्शकसँग साक्षात्कार गर्न प्रतीक्षारत रहेको बताउनुभएको छ । पुस १० गते बौद्ध तुसालमार्गस्थित ह्यात चौरमा हुने ‘सोनु निगम लाइभ इन नेपाल’ नामक साङ्गीतिक कार्यक्रमका लागि भिडियो सन्देश पठाउँदै उहाँले नेपालीसँग पहिलो पटक साक्षात्कार हुने बताउनुभयो ।
ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले चार जना युवालाई पक्राउ गरेको छ । सुनजस्तो पहेँलो धातु देखाएर सक्कली गरगहना ठगी गर्ने चार जना युवालाई जिल्ला प्रहरी कार्यालय पाल्पाले पक्राउ गरेको हो ।
मधेश प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री रानी शर्मा तिबारीले किशोरीहरु शिक्षित भएमात्र समाज परिवर्तन हुने भएकाले शिक्षालाई पहिलो प्राथमिकतामा राख्नु पर्ने बताउनुभएको छ ।
बालबालिकालाई लागुपदार्थ र दुब्र्यसनको कुलतबाट मुक्त गराउने उद्देश्यले नवलपुरमा जिल्ला स्तरीय ब्याटमिन्टन प्रतियोगिता सञ्चालन गरिने भएको छ ।
नेकपा (एमाले) बागमती प्रदेश कमिटीका अध्यक्ष कैलाशप्रसाद ढुङ्गेलले यो मुलुकको विकासका लागि वर्तमान सरकारको विकल्प नभएको बताउनुभएको छ । आइतबार रामेछाप सदरमुकाम मन्थलीमा नेपाल पत्रकार महासंघ रामेछापका नवनिर्वाचित पदाधिकारीसँगको भेटघाट कार्यक्रममा उहाँले यस्तो बताउनुभएको हो ।
काभ्रेपलान्चोक जिल्लाको मण्डनदेउपुर नगरपालिका १ गैरीगाउँमा ज्वाइँले सासुको हत्या गरेको घटना सार्वजनिक भएको छ । सासुको हत्या गरेको आरोपमा जिल्ला प्रहरी मण्डनदेउपुर नगरपालिका २ का २८ बर्षका सुकबहादुर तामाङलाई प्रहरीले पक्राउ गरेको हो ।