शक्ति समूहकी संस्थापक सुनीता दनुवारको सोमबार निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा घरमै सुतेकै अवस्थामा निधन भएको उहाँका पति नृप दनुवारले जानकारी दिनुभयो ।
मोरङ, पुस ८ गते । मोरङको लेटाङ नगरपालिका १ स्थित धार्मिक तथा ऐतिहासिक महत्त्व बोकेको राजारानी पोखरीमा डुङ्गा सयर गर्दै आन्तरिक पर्यटक । तस्बिरः रासस
ताप्लेजुङ, पुस ८ गते । ताप्लेजुङस्थित तिम्बुङ पोखरी क्षेत्रमा देखिएको माइकोपिला । समुद्र सतहदेखि ४ हजार मिटरभन्दा माथिको क्षेत्रमा पाइने माइकोपिलालाई औषधीय गुण भएको जडीबुटीका रुपमा लिने गरिन्छ । तस्बिरः रासस
तामाकोशी नदी किनारमा बस्दै आएका रामेछापका माझी समुदायको पुर्ख्यौली पेसा पूर्ण रुपमा विस्थापित हुने अवस्था पुगेको छ । तामाकोशीमा माछा पाउन छाडेपछि माछा मारेरै आफ्नो जीविको पार्जन गर्दै आएका युवाहरू वैदेशिक रोजगारीमा जाँदा र अन्य पेशा व्यवसायमा लाग्दा माझी समुदाय पुर्ख्यौली पेसा नै सङ्कटमा परेको हो ।
मुस्ताङको थासाङ गाउँपालिका २ लार्जुङगाउँ नजिकैको कालीगण्डकी बगरबाट देखिएको नीलगिरि हिमाल र आसपासको क्षेत्र । पछिल्लो समय हिमालमा हिउँ घट्दै गएको छ ।
कञ्चनपुर, पुस ८ गते । शुक्लाफाँटा नगरपालिका ३ बागबजारकना किसानले खेतमा लगाएकाे आलु, गहुँलगायतका खेती । तस्बिरः रासस
देशको खेल इतिहासमै पहिलोपटक भएको नेपाल क्रिकेट लिग (एनपिएल) को भव्यताले आम खेल क्षेत्रमा एक प्रकारको उत्साह र उमङ्ग छाएको छ । यो नेपालको सबैभन्दा धेरै धनराशि लगानी गरिएको पहिलो घरेलु प्रतियोगिता हो ।
परराष्ट्र मन्त्री डा आरजु राणा देउवा भारतको नयाँ दिल्लीस्थित एपोलो अस्पतालमा आफ्नो नियमित स्वास्थ्य परीक्षण गराएर आज स्वदेश फर्कनुहुने भएको छ ।
साना, मझौला तथा अन्य एक हजार व्यवसाय प्रवर्धनमा सहयोग पु¥याउने उद्देश्यले व्यवसाय विकास सेवा (बिडिएस) सम्बन्धी दुई वटा सम्झौता गरिएको छ । नेपाल उद्योग वाणिज्य महासङ्घ कोशी प्रदेशले दुई वटा संस्थासँगको सहयोगमा साना, मझौला र अन्य सबैखाले व्यवसाय प्रवर्धनका लागि (बिडिएस) सम्बन्धी सम्झौतामा हस्ताक्षर गरेको हो ।
जिल्ला प्रहरी कार्यालय बाँकेले जमिनमुनिबाट सुन निकालिदिने भनेर दुई करोड रुपियाँ ठगी गर्ने एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
सहकारी ठगीका आरोपित राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित पाँच प्रतिवादीको आजदेखि जिल्ला अदालत कास्कीमा बयान सुरु हुँदैछ ।
अनेक मेला, महोत्सव भइरहने पर्यटनको राजधानी पोखरामा मङ्गलवारबाट पृथक् महोत्सव सुरु हुँदै छ । फेवातालको सिरान पामेमा पुस ९ देखि १७ गतेसम्म अन्तर्राष्ट्रिय हट एयर बेलुन फेस्टिभल हुन लागेको हो ।
मोरङको उर्लाबारी–६ का ४४ वर्षीय सूर्यविक्रम याक्खाले आफ्ना पुर्खाले सिकाएको सिपलाई ब्यावसायमा परिणत गरेर मनग्गे आम्दानी गरिरहनु भएको छ ।
प्रत्येक वर्ष ग्रीष्म ऋतु लाग्दा शिकारीहरू मायावी ‘सेतो सुन’ को खोजीमा साइबेरियाली निर्जन द्वीपमा भौँतारिने गर्छन् ।
गोसाइँकुण्ड गाउँपालिका वडा नं १ र २ को तातोपानीस्थित भोटेकोसीको तटीय क्षेत्रमा भूमिगत संरचनाबाट सो विद्युत् गृह निर्माण गरिएको छ ।