तनहुँमा महिलामाथि हुने हिंसात्मक घटना बढ्दै गएको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेकले सार्वजनिक गरेको तथ्याङ्कमा घरेलु हिंसा धेरै भएको र त्यसमा महिला बढी पीडित भएको देखिएको छ ।
जमिन मुनिबाट सुन निकालिदिन्छु भनी रकम ठगी गरेको अभियोगमा भारतीय नागरिक पक्राउ गरेका छन् । पक्राउ पर्नेमा भारत उत्तरप्रदेश बलरामपुर सिहपुरी बस्ने ४२ वर्षीय सदाबुद्दिन हलवाई रहेका हुन् ।
धरानको चर्चित फुटबल प्रतियोगिता बुढासुब्बा गोल्डकपको २५ औँ संस्करण माघ १९ देखि २६ गतेसम्म हुने भएको छ । धरान फुटबल क्लबले सोमबार पत्रकार सम्मेलन प्रतियोगिताको तयारी भइसकेको जानकारी दिएको हो ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामा तामाङले मानवीय वातावरण र सम्पदालाई जोगाउनुपर्ने बताउनुभयो । जलवायु कार्यको स्थानीयकरण सार्वजनिक सम्पदा संरक्षण र न्यायमा लैङ्गिक दृष्टिकोण विषयक कार्यक्रमलाई सोमबार हेटौँडामा सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।
नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको व्यवस्थापन नै कांग्रेसका लागि मूल चुनौती रहेको बताउनुभएको छ ।
“नछुने भई भनेर अलग्गै ढोका एक छेउमा पाँच दिनसम्म बस्नुपथ्र्यो, चुलामा आफूले केही छुन नहुने, कलकल पानी खान मन लाग्थ्यो, भोक लाग्थ्यो, पकाएर खान दिने मान्छे भए खायो, नत्र भोकै”, ६४ वर्षीया विष्णुमाया बुढाथोकी आफ्नो अतीत सम्झँदै भन्नुभयो ।
चिकित्सा शिक्षाको स्नातकोत्तर तहमा भर्ना हुने आवासीय चिकित्सकको निर्वाह भत्ता सम्बन्धमा सुझाव दिन स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले गठन गरेको कार्यदलले सुझावसहितको प्रतिवेदन हस्तान्तरण गरेको छ ।
राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच देशका राजदूतले शपथ ग्रहण गर्नुभएको छ ।
विभिन्न माग राखेर आन्दोलनमा उत्रिएका स्थानीय ई– रिक्सा चालकहरुले नेपालगन्ज उपमहानगरपालिका कार्यालय घेराउ गरेका छन् ।
सुनचाँदी व्यवसायीहरुको साझा संस्था गुल्मी सुनचाँदी व्यवसायी सङ्घको अध्यक्षमा झविन्द्र विश्वकर्मा निर्विरोध निर्वाचित हुनुभएको छ । चौथो अधिवेशनबाट अध्यक्षमा विश्वकर्मा सर्वसम्मत निर्वाचित हुनुभएको हो ।
दक्षिण कोरियाले शनिबार अमेरिकी अन्तरिक्ष केन्द्रबाट तेस्रो स्वदेशी जासुस उपग्रह प्रक्षेपण गरेको रक्षा मन्त्रालयले जनाएको छ । स्पेसएक्स फाल्कन ९ रकेट सामान्य रूपमा राती ८ः३४ मा उड्यो ।
महोत्तरीको सदरमुकाम जलेश्वरमा रहेको जिल्ला प्रशासन कार्यालय मालपोत कार्यालयलगायतका अन्य कार्यालयहरुमा आइतबार कामकाज ठप्प जस्तै भएको छ । बिजुली र इन्टरनेटको तार व्यवस्थित गर्नुपर्ने कारण जलेश्वरका अधिकांश कार्यलयहरुमा कामकाज प्रभावित बनेको हो ।
आगामी ट्रम्प प्रशासनका महत्वपूर्ण पात्र एलन मस्क कुनै दिन राष्ट्रपति बन्न सक्ने सम्भावना नरहेको आइतबार अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले बताउनुभएको छ ।
सुनसरीको वराहक्षेत्र नगरपालिका क्षेत्रबाट अवैध लागूऔषध बरामद गरिएको छ । सशस्त्र प्रहरीले गस्तीका क्रममा अवैध लागूऔषध गाँजा बरामद गरेको हो । सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले दिनुभएको जानकारी अनुसार सुनसरीको उतरी क्षेत्र बराहक्षेत्र नगरपालिका १ को पटनाली खोलाबाट ९७ केजी लागूऔषध गाँजा बरामद गरेको हो ।
तमोर नदीस्थित तेह्रथुम–पाँचथर जोड्ने लुमुघाट मोटरेबल पुलको पुनर्निर्माण सुरु भएको छ ।