सुनसरी, पुस ८ गते । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका–८ मा गरेको व्यवसायिक तरकारी खेतीमा उत्पादन भएको बन्दागोभी बजार लैजाने तयारी गर्दै किसान। तस्बिरः रासस
तनहुँ, पुस ८ गते । तनहुँको पर्यटकीय नगरी पहाडकी रानी नामले परिचित बन्दीपुर बजार । बन्दीपुरको पर्यटन प्रवर्द्धका लागि ुबन्दीपुर भ्रमण वर्ष २०२५ु घोषणा गरी विविध कार्यक्रम सञ्चालनको तयारी गरिएको छ । तस्बिरः रासस
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित भोजपुरी भाषा
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित बाहिङ भाषा
नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्पपीडितलाई ९६ वटा अस्थायी आवास हस्तान्तरण गरेको छ ।
केही समयअघिसम्म सशस्त्र प्रहरीलाई देखेर तर्सिने तथा भाग्ने गरेका बाँकेको सीमानजिकका नेपाली नागरिक अहिले प्रहरीसँग समन्वय र सहकार्य गर्न थालेका छन् ।
तुलसीपुरस्थित टरिगाउँ विमानस्थल विस्तारको प्रयास प्रारम्भ भएको छ । सत्ता साझेदार दलका नेताहरुले विमानस्थल विस्तारको प्रयास थालेका हुन् ।
सहज रूपमा सेवा नपाएको भन्दै कालीगण्डकी गाउँपालिकाका अध्यक्षद्वारा जिल्ला प्रशासन कार्यालय गुम्मीमा तोडफोड भएपछि रोकिएको राहदानी सेवा आइतबारबाट सुचारु भएको छ ।
नागरिक लगानी कोष र म्याग्दी हाइड्रोपावर लिमिटेडबीच सेयर प्रत्याभूतिको सम्झौता भएको छ । सम्झौतामा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्की र म्याग्दी हाइड्रोपावरका अध्यक्ष भरतप्रसाद नेपालले आइतबार आयोजित एक कार्यक्रममा हस्ताक्षर गर्नुभयो ।
मन्त्रिपरिषद्को यही पुस ५ गतेको निर्णयअनुसार प्रहरी नायब महानिरीक्षकबाट प्रहरी अतिरिक्त महानिरीक्षक पदमा दुई जना र गृहसचिवस्तरको सोही दिनको निर्णयबाट प्राविधिक प्रहरी नायब उपरीक्षकबाट प्राविधिक प्रहरी उपरीक्षक पदमा पाँच जना गरी पदोन्नति भएका सात जना प्रहरी अधिकृत दर्ज्यानी चिह्नद्वारा सुशोभित हुनुभएको छ ।
नवलपुरमा २५ किसान समूहले व्यावसायिक प्याजखेती सुरु गरेको छन् । जिल्लामा रहेको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि बजेट विनियोजन गरी कृषकलाई अनुदान उपलब्ध गराएसँगै प्याजको व्यावसायिक खेती सुरु गरिएको हो ।
हिउँदे वर्षा नभएपछि किसानमा चिन्ता बढेको छ । हिउँदे बालीका लागि मङ्सिर र पुसको पहिलो सातासम्म पनि पानी नपरेपछि उनीहरू चिन्तित बनेका हुन् ।
सुनसरी सदरमुकाम इनरुवा–५ का रमेश कटुवाल ६ बिघामा व्यावसायिक माछापालन गर्नका लागि पोखरी निर्माण गर्नुभयो ।जग्गा भाडामा लिएर उहाँले आफू सहित दुईजनाको साझेदारीमा रु ३१ लाख लगानी छ बिघा क्षेत्रफलमा पोखरी बनाउनुभएको हो ।
स्थानीय सरकारले समुदायमा सेवालाई सर्वसुलभ बनाउन नयाँ नयाँ अभ्यासको थालनी गरेका छन् ।
गोरखा नगरपालिकाले नगरवासीलाई ‘जन्मदेखि मृत्यु संस्कारसम्म’ का लागि विभिन्न सेवा निःशुल्करुपमा उपलब्ध गराएको छ ।