सम्पत्ति शुद्धीकरण निवारणमा नेपालको अवस्थाबारे मूल्याङ्कन र सुधारको भावी कार्यदिशाबारे प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा शीर्ष राजनीतिक नेतृत्व, उच्च प्रशासनिक नेतृत्व र सम्बन्धित निकायका प्रतिनिधिबीच आज उच्चस्तरीय छलफल भएको छ ।
नाइजेरियाको प्रहरीले आइतबार खाना वितरण केन्द्रहरूमा भएका दुई भागदौडमा मृत्यु हुनेको सङ्ख्या ३२ पुगेको जनाएको छ । यसअघि प्रहरीले २२ जनाको निधन भएको जनाएको थियो ।
धादिङको रुवीभ्याली गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत टंकबहादुर नेगीसहित आठ जनाविरुद्ध दश लाख ८९ हजार ९८९ रुपियाँ भ्रष्टाचार मुद्दा दायर भएको छ।
नेपाल सरकारलाई विकास साझेदारबाट प्राप्त हुने वैदेशिक सहायतामा उल्लेख्य परिमाणमा वृद्धि भएको छ।
सञ्चार र मिडियासम्बन्धी दुई दिने काठमाडौं सम्मेलन २०२४ आइतवारदेखि शुरु भएको छ ।
सरकारले नेपाल प्रहरीमा जनपद समूहतर्फ रिक्त रहेको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा प्रहरी नायब महानिरीक्षकद्वय दुर्गा सिंह र भरतबहादुर बोहरालाई बढुवा गरी क्रमशः प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग र प्रहरी प्रधान कार्यालय प्रदेश समन्वय विभागमा पदस्थापन गर्ने निर्णय गरेको छ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले सरकारको स्थायित्वबारे नेपथ्यबाट चलाइएको हल्लामा कुनै सत्यता नभएको स्पष्ट पार्नुभएको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले डेनमार्कका लागि नेपालको आवासीय राजदूतमा सुम्निमा तुलाधरलाई नियुक्त गर्नुभएको छ।
मधेश प्रदेशको जिल्लामा अपाङ्गता भएका बालबालिकाको पठनपाठनका लागि छुट्टै विद्यालय हुनुपर्ने नीति निर्माण गर्न माग गरिएको छ । बालबालिकामा लगानी सुनिश्चित भविष्यको थालनी मूल नारासाथ राष्ट्रिय बाल अधिकार परिषदले सेभ द चिल्ड्रेनको सहयोग र एकीकृत हातेमालो समाज नेपालको समन्वयमा मधेश प्रदेशको राजधानी जनकपुरधाममा आइतबार कार्यक्रम आयोजना गरिएको हो ।
भर्खरै सम्पन्न नेपाल प्रिमियर लिग (एनपीएल) खेलको उपाधि जनकपुर बोल्ट्सले पाएपछि उत्सवमय माहोल बनेको छ।
आइतबार सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धिकरण कसूरमा कास्की जिल्ला अदालतमा मुद्दा दर्ता भए पनि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई हिरासतमै फर्काइएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले सोमबार राति पश्चिमी भूभागमा पानी पर्न सक्ने जनाएको छ।
सरकारले गोदावरी बहुउद्देश्यीय रंगशाला निर्माणका लागि राष्ट्रिय वनको ३.४५ हेक्टर जग्गा प्रयोग गर्न स्वीकृति दिने निर्णय गरेको छ।
सर्लाहीको लालबन्दी नगरपालिका –१५, देउरालीमा झगडा मिलाउन जाँदा ढुुङ्गा लागेर घाइते वृद्धाको उपचारको क्रममा मृत्युु भएको छ । ढुुङ्गाले लागेर घाइते ६५ वर्षीया विष्णुुमाया बोम्जनको आइतबार बिहान मृत्युु भएको हो ।
नागार्जुन नगरपालिका वडा – १ ले ५० जना वडावासीको निःशुल्क मोतिबिन्दुको शल्यक्रिया गर्ने कार्य सम्पन्न गरेको छ। उक्त मोतिबिन्दुको सल्यक्रिया वडाले आफ्नै प्रशासनिक पहल र खर्चमा सम्पन्न गरेको, वडाका अध्यक्ष रामेश्वर लामाले जानकारी दिनुभयो।