काठमाडौँ, पुस ८ गते । शक्ति समूहकी संस्थापक सुनीता दनुवारको सोमबार निधन भएको छ । मानव बेचबिखनविरुद्धकी अभियन्ता दनुवारको ४७ वर्षको उमेरमा घरमै सुतेकै अवस्थामा निधन भएको उहाँका पति नृप दनुवारले जानकारी दिनुभयो ।
बेहोस अवस्थामा ओछ्यानमै भेटिएपछि अस्पताल पुर्याउँदा चिकित्सकले मृत घोषणा गरेको उहाँले जानकारी दिनुभयो । मानव बेचबिखनविरुद्धको अभियानमा उहाँ सक्रिय हुनुहुन्थ्यो ।