एक टेलिभिजन स्टेसनका लगानीकर्ताको कार्यालयमा बङ्गलादेशी विद्यार्थी प्रदर्शनकारीहरूको एक समूहले ‘प्रचार’ गरेको आरोप लगाउँदै प्रवेश गरेको प्रदर्शनकारीहरूले मङ्गलबार बताएका छन् । त्यसपछि कम्तीमा पाँच पत्रकारलाई बर्खास्त गरिएको छ ।
मधेश प्रदेशको धनुषा र महोत्तरी जिल्लामा सञ्चालित युवाका लागि लैङ्गिकता, जीवन उपयोगी सीप र वित्तीय शिक्षा कार्यक्रमले युवामा सकारात्मक परिवर्तन ल्याएको सरोकारवालाले बताएका छन्।
सांसदहरुले संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकलाई ‘फास्ट ट्र्याक’मा लैजान जोड दिनुभएको छ ।
नेपाल पत्रकार महासङ्घले केन्द्र, प्रदेश र स्थानीय तहबाट निर्माण भइरहेका सञ्चारसम्बन्धी कानुनलाई प्रेस स्वतन्त्रतामैत्री बनाउन सम्बन्धित पक्षको ध्यानाकर्षण गराउनुका साथै खबरदारी गर्ने निर्णय गरेको छ।
नेकपा (माओवादी केन्द्र) निकट विद्यार्थी सङ्गठन अखिल (क्रान्तिकारी)को निर्वाचनका लागि ३२ वर्ष उमेर हद लाग्ने वा खुला गर्ने भन्ने विषयमा पुस १३ गते मतदान हुनेभएको छ।
वाणिज्य बैंकको छाता संगठन नेपाल बैंकर्स एसोसियसनले लुम्बिनीमा नयाँ प्रादेशिक समिति गठन गरेको छ ।
सुदूरपश्चिम प्रदेश प्रमुख नजिर मियाँले छुवाछुत र विभेदमुक्त समाज बनाउन सबै जिम्मेवार बन्नुपर्ने बताउनुभएको छ।
विमान अभावले आन्तरिक उडानमा दरिलो उपस्थिति देखाउन नसकेको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को आन्तरिक उडान ठप्प भएको छ। उडानमा रहेको एक मात्रै ट्वीनअटर विमान पनि ग्राउण्डेड भएपछि निगमको आन्तरिक उडान पूर्ण रूपमा ठप्प भएको हो।
पृथ्वीराजमार्गमा पर्ने तनहुँको आँबुखैरेनी गाउँपालिका–१ आँधीखोलामा इँट्टा बोक्ने ट्रक मङ्गलबार दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
मच्छिन्द्र फुटबल क्लब फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
क्षितिज खनाल र शोभा गौचनको जोडी काठमाडौँमा जारी योनेक्स सनराईल नेपाल ईन्टरनेसनल च्यालेन्ज–२०२४ अन्तर्गत मिक्स युगलको क्वार्टरफाइनलमा प्रवेश गर्नुभएको छ ।
नेपाल बुद्धिचाल महासङ्घ र ललितपुर स्पोर्ट्स क्लबको आयोजनामा सातौँ तुल्सीलाल स्मृति राष्ट्रिय क्लब टिम चेस च्याम्पियिनसिप बुधबारदेखि ललितपुरमा सुरु हुँदैछ ।
उपप्रधानमन्त्री एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले राजनीतिक परिवर्तन जस्तै आर्थिक समृद्धिका लागि पनि कांग्रेस पार्टी सक्षम रहेको बताउनुभएको छ।
नेपाली दूतावास, बैंककले म्यानमारको मेवाडीबाट पाँच नेपालीको उद्धार गरेको छ।
श्रीलङ्कामा यो वर्ष अहिलेसम्म करिब ५० जङ्गली हात्तीको अनाधिकृत विद्युतीय तारले करेन्ट लागेर मृत्यु भएको सिलोन विद्युत बोर्ड (सीईबी) सोमबार जनाएको छ । सीईबीले देशको जैविक विविधताको प्रतीक जङ्गली हात्ती मानव गतिविधिका कारण लोप हुने खतरा बढ्दै गएको बताएको छ ।