सडक डिभिजन कार्यालय काठमाडौंले एक महिनाका लागि पूर्णरूपमा बन्द गरेको मकवानपुर र काठमाडौं जोड्ने छोटो दूरीको मार्ग थानकोट–चित्लाङ सडक (गणेशमान मार्ग) बिहान र बेलुकाका लागि मात्रै खुला गरिएको छ ।
नेपाल ओलम्पिक कमिटीको अध्यक्ष पदका लागि तीन जनाको उम्मेदवारी परेको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले शैक्षिक क्षेत्रको विकासका लागि सुधारका धेरै कार्य अगाडि बढाउन आवश्यक रहेको बताउनुभएको छ ।
भीषण बाढीपहिरो गएको करिब तीन महिनापछि जिल्लास्थित सहरी विकास तथा भवन कार्यालयले जिल्लामा भएका निजी आवासको क्षति विवरण सार्वजनिक गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि पाकिस्तानका राजदूत एब्रार एच हस्मीले मङ्गलबार शिष्टाचार भेट गर्नुभएको छ ।
पुनःनिर्माण पश्चात धरहरा सः शुल्क सञ्चालन भएको आज एक महिना पुगेको छ । यस अवधिमा प्रवेश शुल्कबापत् रु ५५ लाख सङ्कलन भएको छ । गत मङ्सिर ९ गतेदेखि सर्वसाधारणलाई शुल्कसहित खुला गरिएको धरहराबाट हिजो सोमबारसम्ममा टिकट बिक्रीबापत उक्त रकम सङ्कलन भएको हो ।
पर्यटकीय राजधानी पोखरामा मङ्गलबारबाट बिवाइडी इन्टरनेशनल बेलुन महोत्सव भएको छ । नेपालको साहसिक पर्यटनको कोशेढुङ्गाको रुपमा स्थापित गर्न नेपालमा पहिलो पटक पोखराको पामे क्षेत्रमा इन्टरनेशनल बेलुन महोत्सव आयोजना गरेको हो ।
सोमबार राति उत्तरतर्फ जाने उत्तर–दक्षिण एक्सप्रेसवेको आयर केरोह रेस्ट र सेवा नजिक तीनवटा सवारीसाधन एकआपसमा ठोक्किँदा सात जनाको मृत्यु भएको छ भने अन्य ३३ जना घाइते भएका छन् ।
कपिलवस्तु नगरपालिका वडा नं. ६ सेमरीमा ट्याक्टरको ठक्करबाट एक बालकको मृत्यु भएको छ । प्रहरीका अनुसार सेमरी गाउँस्थित सडकमा सेमरीबाट लक्ष्मीनगरतर्फ जाँदै गरेको लु२ त ९६८५ नम्बरको ट्याक्टरको ठक्करबाट बालकको मृत्यु भएको हो ।
दाङमा व्यावसायिक सुन्तला खेती गरेर किसानले आम्दानी लिन थालेका छन् ।
ललितपुर सातदोबाटोमा एक किशोरको हत्या भएको छ । ललितपुर सातदोबाटो बस्ने सुनसरी इटहरी घर भएका २३ वर्षीय नयन गुरूङको हत्या भएको प्रहरीले जनाएको छ ।
इतिहास संरक्षण र जिल्लाको पर्यटन प्रवर्द्धनका लागि पहल थालिएको निसान पदमार्गको स्थलगत अध्ययन गरिएको छ ।
फिदिम नगरपालिका १३ मा निर्माण भएको लुङरुपामा आयुर्वेद औषधालय उद्घाटन गरिएको छ ।
अमेरिकी निजी अन्तरिक्ष कम्पनी स्पेसएक्सले सोमबार २१ वटा स्टारलिङ्क उपग्रहहरू प्रक्षेपण गरेको छ । स्पेसएक्सका अनुसार पूर्वी समयको १२ः३५ बजे फ्लोरिडास्थित नासाको केनेडी स्पेस सेन्टरमा फाल्कन नौ रकेटमा उपग्रहहरू प्रक्षेपण गरिएको थियो ।
हिमाली क्षेत्रका उच्च ठाउँमा बिहानदेखि हिमपात भएपछि चिसोका कारण यहाँको जनजीवन निकै प्रभावित भएको हो ।