यसअघि भदौ ३१ गते प्रदेश सभाको चौथो अधिवेशन अन्त्य भएको थियो। चौथो अधिवेशन अन्त्य भएको साढे तीन महिनापछि पाँचौं अधिवेशनको बैठक बस्न लागेको हो।
प्रहरीले वैदेशिक रोजगारीमा पठाउने भनी लाखौं ठगी गर्ने दुई जनालाई पक्राउ गरेको छ।
जनचेतनाको अभावमा मधेशका मुसहर समुदायका नागरिक सरकारी सेवा र नागरिक अधिकारबाट वञ्चित हुनुपरेको छ । नागरिकता र जन्मदर्ता नेपाली नागरिकको जन्मसिद्ध अधिकार हो ।
शीतलहर सुरु भएपछि नेपालगन्जमा मङ्गलबारबाट चिसो बढेको छ। मङ्गलबारदेखि शीतलहर चल्न थालेपछि जनजीवन प्रभावित भएको हो।
सभामुख देवराज घिमिरेले प्रेसमाथि अङ्कुश लगाउने कानुन बन्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीहरुलाई निर्वाचित भएको प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा सभामुखले आफू प्रेस स्वतन्त्रता रक्षा गर्न प्रतिबद्ध रहेको बताउँदै प्रेसमाथि अङ्कुश लगाउनेगरी कानुन नबनाउने बताउनुभएको हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले उपभोक्तालाई सुपथ मूल्यमा औषधी उपलब्ध गराउने भन्दै कुनै एक कम्पनीको नाम नतोकिकन जेनेरिक औषधी सिफारिस गर्ने व्यवस्था लागू गराउन सुझाव दिनका लागि भन्दै जेनेरिक औषधी सुझाव समिति गठन गर्नुभएको छ ।
हिमालपारिको जिल्ला मुस्ताङको विमानस्थल सुनसान अवस्थामा । गत डिसेम्बर २ देखि मार्च १ सम्म करिब तीन महिनाका लागि बन्द गरिएको जोमसोम विमानस्थलमा अहिले कुनै पनि हवाई उडान भएको छैन ।
रौतहटको छोटी सिमा नाकाहरूबाट (चार पाङ्ग्रे )सवारीसाधनहरू आवतजावत गर्नुपर्ने यहाँका सरोकावालाहरूले माग गरेका छन् ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य सेवा सुधारका लागि सरकारले गरेका निर्णयहरु कार्यान्वयन गर्न बजेटको समस्या नहुने बताउनुभएको छ ।
टर्कीको उत्तरपश्चिममा मङ्गलबार भएको शक्तिशाली विस्फोटमा परी १२ जनाको मृत्यु हुनुका साथै अन्य तीन जना घाइते भएको स्थानीय गभर्नरले बताउनुभएको छ ।
अर्जुनचौपारी गाउँपालिकामा विद्यालय व्यवस्थापन समिति अध्यक्षमा अभिभावक मध्येबाट मात्र अध्यक्ष हुन पाउने व्यवस्था गरिएको छ । मङ्गलबार १६ गाउँ सभाले शिक्षा ऐन २०७४ खारेज गर्दै बनाएको शिक्षा ऐन २०८१ मा सो कुरा समेटिएको हो ।
भारतको वन र रूखहरू सन् २०२१ यता एक हजार ४४५ वर्ग किलोमिटरले बढेको छ । शनिबारको आधिकारिक प्रतिवेदनले कुल आठ लाख २७ हजार ३५७ वर्ग किलोमिटर अर्थात् देशको भौगोलिक क्षेत्रफलको २५.१७ प्रतिशत पुगेको देखाएको छ ।
कराते खेलाडी एरिका गुरुङ र प्रशिक्षक कुशल श्रेष्ठ नगद पुरस्कारसहित सम्मानित हुनुभएको छ ।
राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले संविधानमा गरिएका व्यवस्थालाई कार्यान्वयन गर्नुपर्ने ठाउँमा अपुग भएको भन्दै अन्य कुराहरु खोज्न भौंतारिन नहुने बताउनुभएको छ ।
पशु सेवा कार्यालय दोलखाको भवन निर्माण गर्न हरेक वर्ष सहरी विकास तथा भवन कार्यालय धुलिखेलमा बजेट आउँछ । वर्षभरि काम हुन नसकेपछि त्यो पुनः फिर्ता हुन्छ ।