डब्लुुएमएसी वेल्समा दुई पदक विजेता सन्जितकुमार राईलाई किरात राई यायोक्खा युकेले सम्मान गरेको छ ।
मङ्गलबार तीन सय १२ कम्पनीको एक करोड २७ लाख ४६ हजार चार सय १० कित्ता शेयर ६४ हजार नौ सय १७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब २० करोड २२ लाख ६३ हजार ३८ बराबरको कारोबार भएको छ । कुल बजार पुँजीकरण रु ४३ खर्ब ५६ अर्ब ६० करोड ९८ लाख ६४ हजार कायम भएको छ ।
सिरहाको सखुवानन्कारकट्टी गाउँपालिका–१ का बद्री यादवले रासायनिक मल अभाव हुँदा गहुँ छर्न पाउनुभएको छैन । कृषि सामग्री कम्पनी लिमिटेड शाखा कार्यालय लहानले गत मङ्सिरमा तीन चरणमा रासायनिक मल वितरण गरेको थियो । सरकारले उपलब्ध गराउँदै आएको सहुलियतको उक्त मल यादवले भने पाउन सक्नु भएन ।
गोरखापत्र संस्थानको उत्पादन विभागअन्तर्गत प्रेस शाखामा कार्यरत तह ७ का वरिष्ठ प्रेस अधिकृत हरिकण्ठलाल श्रेष्ठ उमेर हदका कारण संस्थान सेवाबाट निवृत्त हुनुभएको छ ।
आकाश उज्यालिएको छ । पखेटा फैलाएर उडिरहेका छन्, चराचुरुङगी । प्रकृतिले सुशोभित सौन्दर्यतामा पुलकित देखिन्छ पातलो बस्ती । त्यही बस्तीलाई ढाकेर बाक्लो रुपमा फैलिएको छ जुनार बगैँचा । जुनार बगैँचाका प्रत्येक हाँगा–हाँगामा लटरम्म झुण्डिएका छन्, पाकेका फल ।
भेडेटारमा १२ औं फुड फेस्टिभल हुने भएको छ ।
सूर्यविनायक नगरपालिका–२ बालकोट फिकाधारास्थित भाडाको घरमा कोठाभित्र मृत फेला परेका ५६ वर्षीय कुलप्रसाद आचार्य र उहाँका कान्छा छोरा २२ वर्षीय प्रवीण आचार्यको हत्या कुलप्रसादकै जेठो छोरा रुपेशले गरेको पाइएको छ ।
रौतहटको गरुडा नगरपालिकाकाले पालिकाभित्र रहेका गरीब तथा विपन्न नागरिकलाई सिरक वितरणको अभियान चलाएको छ । सिरक वा कम्बलको अभावमा कुनै पनि विपन्न वर्गका नागरिक कठ्याङग्रिएर सुत्न नपरोस् भन्ने उद्देश्यकासाथ पालिकाले आफ्नो नौ वटै वडामा उक्त अभियान सञ्चालन गरेको हो ।
धनुषाको ढल्केबरस्थित कृषि उपज बजारमा विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ सञ्चालनमा ल्याएको छ ।
लहान नगरपालिकाको सामुदायिक विद्यालयहरूमा लगानी अनुसारको परिणाम आउन नसकेपछि सरोकारवाला निकायहरूले चिन्ता व्यक्त गरेका छन् ।
नेपाली राष्ट्रिय टोलीका अलराउन्डर कुशल मल्लले युएईको टी–२० फ्रेन्चाइज लिग आइएलटी खेल्नु हुने भएको छ ।
गृहमन्त्री रमेश लेखकले संविधान संशोधन समावेशितालाई कमजोर गर्ने नभइ थप सुदृढ गर्नका लागि हुने बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
रामेछापको हिमाली गाउँपालिका उमाकुण्ड गाउँपालिकामा एकीकृत घुम्ती शिविर सञ्चालन गरिएको छ ।
नेपाल पत्रकार महासङ्घका संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराईको १०१ औं जन्मजयन्तीको अवसरमा नेपाल पत्रकार महासंघ गुल्मी शाखामा नवनिर्वाचित कार्यसमितिलाई पद हस्तान्तरणसँगै बधाई ज्ञापन कार्यक्रम गरिएको छ ।
अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी सङ्घ बाँकेले मृतक ई–रिक्सा चालकको परिवारलाई आर्थिक सहयोग गरेको छ । अटोटेम्पो तथा ई–रिक्सा व्यवसायी संघ बाँके नेपालगन्ज उप–महानगरपालिका वडा नम्बर ६ बस्दै आएका स्व. ससिव श्रीवास्तवको परिवारलाई नगद १० हजार सहयोग गरेको हो ।