राधा लुइटेल
फिदिम, पुस ९ गते । मच्छिन्द्र फुटबल क्लब फिदिममा जारी ११औँ फाल्गुनन्द गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
फिदिमस्थित फिदिम माविको मैदामा मङ्गलबार भएको खेलमा मच्छिन्द्रले न्युस्टार सुनसरीलाई ६–२ गोलले हरायो । सनिस श्रेष्ठ म्यान अफ दि म्याच हुनुभयो ।
उहाँले १० हजार रुपियाँ पुरस्कार पाउनुभयो । बुधबार चर्च ब्याइज क्लब र विराटनगर सिटी फुटबल क्लबबिच प्रतिस्पर्धा हुनेछ ।