काठमाडौँको टोखा नगरपालिका–३ स्थित टोखा बजारमा श्री कृष्ण चाकु उद्योगमा सख्खर फिट्दै चाकु व्यवसायी । टोखा चाकु उत्पादनका लागि प्रख्यात ठाउँका रुपमा चिनिन्छ ।
युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले महिला फुटबल खेलाडीहरूका विकासका लागि लुम्बिनी कप महिला फुटबल महत्वपुर्ण अवसर हुने बताउनुभएको छ ।
गृहमन्त्री रमेश लेखकले सरकारले संविधान र कानुन बमोजिम नागरिकता प्राप्त गर्नुपर्ने व्यक्तिलाई नागरिकता दिने बताउनुभएको छ । शुक्रबार मन्त्रालयमा नागरिकता समस्या समाधान अध्ययन समितिले बुझाएको अध्ययन प्रतिवेदन बुझ्दै उहाँले यस्तो बताउनुभएको हो ।
मानव र वन्यजन्तु बिचको द्वन्द्व न्यूनीकरण गर्न जनावरका आनीबानी तथा उनीहरुको रहनसहनबारे सचेतना मुलक कार्यक्रमको आवश्यकता रहेको एक कार्यक्रमका सहभागिले बताएका छन् ।
क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना हुनुभएको छ । महासचिव वैद्यको सचिवालयका अनुसार उहाँलाई विगतदेखि दम तथा श्वासप्रश्वासको समस्या छ ।
लुम्बिनी प्रदेशका सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेनाले नेपाल भारत नाकाहरूबाट हुने मानव बेचविखन नियन्त्रणमा दुबै देशका सरकारी अधिकारी र गैर सरकारी निकायबिच सहकार्यमा जोड दिनुभएको छ ।
सङ्घीय संसद्अन्तर्गतका विषयगत समिति पछिल्लो समय विचाराधीन विधेयकलाई आउँदो हिउँदे अधिवेशनको प्रारम्भमै ‘फुल हाउस’ पेस गर्नेगरी केन्द्रित भएका छन् ।
दक्षिण कोरियाका विपक्षी नियन्त्रित संसद् (नेसनल एसेम्बली) ले शुक्रबार कार्यवाहक राष्ट्रपति हान डक–सोलाई महाभियोग लगाउने प्रस्ताव पारित गरेपछि उहाँ पदबाट निलम्बित हुनुभएको छ ।
जलविद्युत् आयोजनाहरूमा निजी क्षेत्रको स्वामित्व बढाउनुपर्नेमा सांसदहरूले जोड दिनुभएको छ । शुक्रबार प्रतिनिधि सभाको पूर्वाधार विकास समितिमा विद्युत विधेयक, २०८० माथिको छलफलमा सांसदहरुले जलविद्युत परियोजनामा नीजि क्षेत्रको लगानीलाई प्रवर्द्धन गर्नुपर्नेमा जोड दिनुभएको हो ।
गुल्मीमा दोस्रो मुसिकोट महोत्सव सुरु भएको छ ।
भरतपुर भ्रमण वर्ष २०२४ को विशेष आकर्षण मानिएको राष्ट्रिय रैथाने खाना महोत्सव २०८१ आजबाट सुरु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई गाउँपालिका राष्ट्रिय महासङ्घ नेपाल, नेपाल नगरपालिका सङ्घ र जिल्ला समन्वय समिति महासङ्घले कार्यविस्तृतीकरण प्रतिवेदन परिमार्जनजस्ता विषयमा छलफल गर्न राष्ट्रिय समन्वय परिषद्को तेस्रो बैठक बस्नुपर्ने लगायत विभिन्न सात सूत्रीय ध्यानाकर्षणपत्र बुझाएको छ ।
मेक्सिकोका अधिकारीहरूले मेक्सिकोको उत्तरी चिहुआहुआ राज्यमा गोप्य चिहानमा गाडिएका १२ शव फेला पारेको जानकारी दिएका छन् ।
कर्णाली र लुम्बिनी प्रदेश सरकारबिच अन्तर प्रदेश विकास र समृद्धिमा सहकार्य गर्ने समझदारी भएको छ ।
बालविवाहमुक्त पालिका घोषणा गराउने उद्देश्यका साथ धनुषाको लक्ष्मिनियाँ गाँउपालिकाको सपहीस्थित विपी माध्यमिक विद्यालयको प्राङ्गणमा शुत्रबार बालिका सम्मेलन सम्पन्न भएको छ ।