नक्कली डाक्टर बनी लुटपाट गर्ने कार्यमा संलग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । प्रहरी उपरीक्षक एवम् सूचना अधिकारी काजीकुमार आचार्यले महोत्तरी जलेश्वर नगरपालिका–२ हरिटोल ठेगाना भई ललितपुर, ललितपुर महानगरपालिका–१७ ग्वार्को बस्ने ३० वर्षीय डा. आलोक भन्ने जितेन्द्र मण्डललाई पक्राउ गरिएको जानकारी दिनुभयो ।
‘तपाईंको शरीरको तौल ४५ मिनेटमा नै कम हुनेछ, केही हप्ताभित्रमा सुडौल हुने’, ‘कपालमा झरिसकेका रौँहरु फेरि पलाउने’, ‘अनुहारमा भएका चायाहरु हट्ने फेरि जवान हुने’ आदि कामका लागि विभिन्न सञ्चारमाध्यममा अनेकौँ विज्ञापनहरु हेर्न, पढ्न र सुन्न सकिन्छ ।
आफ्ना बालबालिकाको शैक्षिक अवस्था थाहा पाएर त्यसमा सुधार ल्याइ शिक्षालाई गुणस्तरीय बनाउन सहयोग पुग्ने जनाउँदै बाँकेको कोहलपुर नगरपालिकाको एक विद्यालयले नयाँ अभ्यासको शुरु गरेको छ ।
बाजुरामा चिसोका कारण बालबालिकाहरुको परीक्षा प्रभावित बन्दै गएको छ ।
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधनमा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
कञ्चनपुरको बेलौरी नगरपालिका –६ मा रहेको पुरैनी तालमा चराको संरक्षण र तिनको बासस्थान व्यवस्थापन गर्न जरुरी देखिएको छ । सो तालमा चराको शिकार हुने गरेकाले संरक्षण जरुरी देखिएको हो ।
गण्डकी प्रदेश र लुम्बिनी प्रदेश जोड्ने कालीगण्डकी नदीमा निर्माणाधिन पुल अन्तिम चरणमा पुगेको छ । गण्डकी प्रदेशअन्तर्गत तनहुँको घिरिङ गाउँपालिका–१ पुट्टार र लुम्बिनी प्रदेशअन्तर्गत पाल्पाको रामपुर नगरपालिका–१ स्याउली बजार जोड्ने कालीगण्डकी नदीमाथि निर्मित पुल अन्तिम चरणमा पुगेको हो ।
गुल्मीको एक स्थानीय तहले नागरिकलाई निःशुल्क रगत उपलब्ध गराउन सम्झौता गरेको छ ।
सानो र गरिब मायोटदेखि तेल–धनी महाशक्ति साउदी अरबसम्म र समृद्ध युरोपेली सहरहरूदेखि अफ्रिकाका भीडभाड भएका झुपडपट्टीहरूसम्म कुनै पनि ठाउँ सन् २०२४ मा अत्यधिक जलवायु विपत्तिको विनाशकारी प्रभावबाट बच्न सकेन ।
सल्यानमा ढुङ्गाखानीमा पुरिएर एक जनाको मुत्यु भएको छ ।
उपप्रधान एवम् सहरी विकास मन्त्री प्रकाशमान सिंहले सम्पदाहरूको बजारीकरण गर्न सके देशमै नयाँ रोजगारीको अवसर सिर्जना गर्न सकिने बताउनुभएको छ । शुक्रबार मध्यपुर महोत्सव २०८१ को उद्घाटन गर्नुहुँदै उहाँले यस्ता महोत्सवले ऐतिहासिक सम्पदा, स्थानीय कला संस्कृतिको प्रवर्द्धन र अवसर सिर्जनामा टेवा पुर्याउने बताउनुभयो ।
जनकपुरधाम उपमहानगरपालिकास्थित मिल्स एरियामा रहेको सिद्धार्थ बैंक लिमिटेडको ऋण व्यवस्थापन प्रक्रियामा उठेको विवादले स्थानीय व्यवसायीहरूलाई आन्दोलित बनेका छन् ।
सिन्धुपाल्चोकका ठुला, मझौला नदीमा सञ्चालित क्रसर तथा वासिङ उद्योगहरूले पूर्ण मापदण्डमा सञ्चालन हुन जिल्ला समन्वय समितिले निर्देशन दिएको छ । नदीजन्य तथा खनिजजन्य पदार्थ उत्खनन् सङ्कलन र बिक्री वितरणसम्बन्धी अनुगमन तथा समन्वय समितिले उक्त निर्देशन दिएको हो ।
गाउँ उराठ लाग्दो भएपछि अहिले सूर्यबहादुर निरौलाको परिवार गाउँ छाड्न तम्तयार छ । खानेपानीको चरम समस्या र जङ्गली जनावार बदेलको आतङ्क झेल्न नसकेर निरौलाका छिमेकीहरुले यस अघिनै गाउँ छाडिसकेका छन् ।
सुनसरीको इनरुवा नगरपालिका ९ बबियालाई चिनाउन पहिलो पटक जिल्लाभरका स्थानीय तहको सहभागितामा स्थानीय स्तरीय कबड्डी प्रतियोगिता सुरु भएको छ ।