सातवटै प्रदेशका खेलाडीको सहभागिता रहेको सो दोस्रो राष्ट्रिय प्रतियोगिताको नेपालगन्ज रंगशालाको कभर्ड हलमा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले उद्घाटन गर्नुभयो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकोमा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय अनुशासन आयोगमा दुई र सङ्गठन विभागमा तीन जना सदस्य मनोनित गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलले भारतका पूर्व प्रधानमन्त्री डा. मनमोहन सिंहको निधनप्रति गहिरो दुःख व्यक्त गर्नुभएको छ।
जल तथा मौसम विज्ञान विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले हिमाली तथा उच्च पहाडी भू-भागमा हिउँ र पानी पर्ने पूर्वानुमान गरेको छ।
गण्डकी प्रदेश सरकारले दुई वर्ष पहिला ल्याएको प्रदेश निजामती सेवा ऐन अध्यादेशमार्फत् संशोधन गरेको छ। मङ्गलबार प्रदेश मन्त्रिपरिषदले पास गरी पठाएको अध्यादेश प्रदेश प्रमुख डिल्लीराज भट्टले शुक्रबार प्रमाणीकरण गर्नुभएको छ।
बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिं लामा तामाङले आत्मनिर्भर अर्थतन्त्र निर्माण गर्नु अहिलेको आवश्यकता भएको बताउनुभएको छ ।
गोरखा मिडिया नेटवर्कका पूर्व प्रबन्ध निर्देशकसमेत रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति लामिछानेले सूर्यदर्शन बचत तथा ऋण सहकारी ठगी प्रकरणमा संलग्नताबारे इन्कारी बयान दिनुभएको छ।
प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक निकायमा स्वदेशी वस्तुको प्रयोग, रुग्ण उद्योगहरूको प्रभावकारी सञ्चालन र रोजगारीवृद्धिका विषयमा आज उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयको ब्रिफिङ लिनुभएको छ।
चर्च ब्वाइज क्लब काठमाडौँ फाल्गुनन्द गोल्डकपको उपाधि दाबेदार बन्न सफल भएको छ।
सूचना तथा सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङले देशका सातै प्रदेशका ७ सय ५३ नगरपालिकामा अप्टिकल फाइबर विस्तार गरी इन्टरनेटको अवधारणा बढिरहेको बताउनुभएको छ।
वैदेशिक रोजगारीमा जाने श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिन्डिकेट तत्कालै अन्त्य गर्न नेपाल मेडिकल व्यावसायी सङ्घले सरकार समक्ष माग राखेको छ । संघले पत्रकार सम्मेलन गर्दै श्रमिकको स्वास्थ्य परीक्षणमा देखिएको सिण्डिकेट अन्त्य हुनुपर्ने माग गरेको हो ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) को उपाधि हात पारेको खुसीमा जनकपुरधामा जनकपुर बोल्ट्सका खेलाडीका साथमा ट्रफी प्रदर्शन सुरु भएको छ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र साहले तीनकुने जग्गाको मुआब्जा वितरण गर्न सरकारसँग आग्रह गर्नुभएको छ । शुक्रबार काठमाडौंमा काटेश्वर महोत्सवको उद्घाटन कार्यक्रममा बोल्नुहुँदै उहाँले यस्तो आग्रह गर्नुभएको हो ।
काठमाडौं महानगरपालिकाका उपप्रमुख सुनिता डंगोलले नेपालमा उत्पादित सामग्रीलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताउनुभएको छ ।