जनकपुरधाम उपमहानगरपालिकाको मिल्स एरियामा रहेको सिद्धार्थ बैङ्क लिमिटेडको ऋण व्यवस्थापन प्रक्रियामा उठेको विवादले स्थानीय व्यवसायी आन्दोलित भएका छन् ।
मोरक्को तटमा आप्रवासी बोकेको जहाज डुब्दा मालीका २५ जनासहित ७० जना बेपत्ता भएको उक्त देशको सरकारले बिहीबार जनाएको छ । स्पेन जाने जहाजमा करिब ८० आप्रवासी सवार थिए, “दुर्भाग्यवश पीडितहरूमध्ये २५ युवा मालीको पहिचान भएको छ”, सरकारले एक विज्ञप्तिमा उल्लेख गर्यो ।
अव्यवस्था र उपेक्षाको सिकार बनेको जलेश्वर कारागार अनेकन समस्या, बेथिति र विसङ्गतिमा परेको छ ।
जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय प्रचार प्रसार तथा प्रकाशन विभागको बैठक बस्न लागेको छ । शनिबार पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बस्ने बैठक बिहान ११ बजे सुरु हुने विभागका प्रमुख पूर्ण बस्नेतले जानकारी दिनुभयो ।
बुटवल–गोरुसिङ्गे सडक विस्तारको क्रममा सडक किनारमा रहेका करिब तीन सय बरपिपलका चौतारी मासिने भएका छन् ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्र्रदेशको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्न सम्बन्धित निकायलाई निर्देशन दिनुभएको छ ।
पर्वतको जङ्गल क्षेत्रलाई पकेट क्षेत्र तोकेर संरक्षण उपयोगको नीति अवलम्बन गर्न नसक्दा वनजन्य बहुमूल्य जडीबुटी चोरीनिकासी भई मासिने खतरा रहेको छ ।
सुदूरपश्चिम प्रदेश सभा अन्तर्गतको विषयगत समितिमा सभापतिका लागि दलबिच भागबन्डा मिलेको छ ।
नेपाल सरकारका परराष्ट्र मन्त्री डा आरजु राणा देउवाले दुई छिमेकी मुलुक भारत र चीनसंग सम्बन्ध राम्रो रहेको बताउनु भएको छ । शुक्रवार साँझ धनगढी पुग्नुभएकी परराष्ट्र मन्त्री डा. देउवाले दुई ठुला छिमेकी मुलुकसँग एकतर्फी मात्र नभई दुईतर्फी सम्बन्ध नै राम्रो भएको बताउनुभयो ।
कर्णाली र लुम्बिनी प्रदेशको विकास निर्माण तथा जनजीविकाको सवालमा दुवै प्रदेशले आगामी दिनमा साझेदारी गर्ने प्रतिबद्धता जनाएका छन् ।
दरबन्दी अनुसार सङ्घीय सरकारले प्रमुख प्रशासकीय अधिकृत खटाउन नसक्दा बाजुराका नौमध्ये आठ वटा पालिका निमित्तका भरमा चलिरहेका छन् ।
काठमाडौँ महानगरपालिकाले सरकारी स्वामित्वमा रहेका र सामाजिक सङ्घसंस्थाका नाममा दर्ता भएका तर व्यवसाय सञ्चालन गरिरहेका निकाय तथा सङ्घसंस्थालाई कर तिर्न पत्राचार गरेको छ ।
नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ ।
यस महिना लागेपछि मात्रै पश्चिम नेपालमा सात वटा भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार पुस महिना लागेपछि मात्रै पश्चिम नेपालमा भूकम्पको धक्का महसुस भएको छ ।
स्थानीयवादमा आधारित भई आफ्नो शासन आफैँ गर्न सक्ने अवस्थाको शासकीय स्वरूप नै स्थानीय स्वायत्त शासन हो ।