भारतको आर्थिक उदारीकरणका लागि महत्त्वपूर्ण भूमिका खेल्नुभएका पूर्वप्रधानमन्त्री मनमोहन सिंहको राजकीय अन्त्येष्टि अघि उहाँको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्न उहाँका शुभचिन्तक शनिबार भारतको राजधानी दिल्लीमा भेला भएका छन् ।
क्यानाडाका विभिन्न प्रान्त र क्षेत्रमा लहरेखोकी अर्थात् १०० दिनभन्दा बढी खोकीको समस्या भएका बिरामीको सङ्ख्या बढ्दै गएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन् ।
पहिलो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) को उपाधि जितेर जनकपुर फर्किएको जनकपुर बोल्ट्सका खेलाडी र टिम अफिसियललाई महोत्तरी जिल्लाको मटिहानी र जलेश्वरमा भव्य स्वागत गरिएको छ ।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो जनवरी २० को शपथअघि टिकटक लाई चिनियाँ मालिक बाइटडान्सले बिक्री नगरे प्रतिबन्ध लगाउने कानुन रोक्न सर्वोच्च अदालतलाई आग्रह गर्दै शुक्रबार एक संक्षिप्त निवेदन दर्ता गर्नुभएको छ ।
माछापुछ्रे गाउँपालिका-१ टुसेमा निर्माण भएको नानामोहन ज्येष्ठ नागरिक सेवा केन्द्र भवनको आज उद्घाटन गर्दै उहाँले प्रमुख राजनीतिक दलहरुको सहमतिमा संविधान संशोधन गरिने बताउनुभएको हो । उहाँले संशोधनका निम्ति संविधानको समीक्षा गरिने बताउनुभएकाे हाे ।
पूर्वाञ्चल इन्जिनियरिङ क्याम्पस धरानमा डेल्टाद्वारा आयोजना हुने छैटौँ संस्करण डेल्टा ५.० महोत्सव हुने भएको छ ।
माघे संक्रान्ति एवम् माघि पर्वलाई लक्षित गरेर बर्दिया ठाकुरबाबा नगरपालिका र बारबर्दिया नगरपालिकाका नागरिकलाई सुरक्षित एवम् छोटो दुरिमा आउजाउ गर्न बबई नदिमा हेम पाइप राखेर अस्थायी पुल निर्माण गरिएको छ ।
मुख्यमन्त्री बहादुर सिंह लामा तमाङ्ले उद्योग व्यवसायलाई पहिला सुरक्षा आवश्यक रहेको बताउनुभएकाे छ ।
रामेछापमा विभिन्न व्यवसाय सञ्चालन गरिरहेका साना करदाताहरूलाई लेखा व्यवस्थापन तालिम प्रदान गरिएको छ ।
सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ ।
भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पाइपलाइनबाटै पेट्रोलियम पदार्थको आयात गर्न परीक्षण सुरुवात भएको छ ।
नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले काठमाडौंका महानगरपालिकाका पूर्वमेयर पि.एल सिंहको निधनले देशलाई ठूलो क्षति पुगेको बताउनुभएको छ ।
कालीगण्डकी काेरिडोरको सत्यवती दुई पहादीमा टिप्पर दुर्घटना भएको छ ।
तानसेनका महिला उद्यमीले साप्ताहिक बजार सञ्चालन गरेका छन् ।
टर्कीले २०३५ सम्ममा तीन वटा आणविक उर्जा केन्द्रहरू निर्माण गर्ने योजना बनाएको छ ।