जिल्लाका ग्रामीण बस्तीमा किसानले लगाएका किवीका फल बारीमै कुहिन थालेका छन् ।
बाह्य पर्यटकको कम आवागमन र होटेलको उपलब्धता धेरै भएपछि ठुला होटेलहरूले विदेशी पाहुना पाउन छाडेका छन् ।
खुला सीमानाका हुँदै धान र चामल तस्करी पूर्ण रूपमा नियन्त्रण भएको छ ।
अर्थतन्त्रका बाह्य सूचकहरूमा सुधार आउँदै गर्दा मुलुकमा सञ्चालनमा रहेका जीवनबिमा कम्पनीहरूको व्यापारले पनि लय समाउन थालेको छ ।
न्यायपरिषद्ले उच्च र जिल्ला अदालतका २५ न्यायाधीशको सरुवा र काज पदस्थापन गरेको छ ।
भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले काठमाडौँ–तराई/मधेश द्रुतमार्ग निर्माणमा देखिएका समस्या लम्बिन नदिने बताउनुभएको छ ।
सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहमा देखिएका विविध समस्या समाधान गर्न र स्थानीय तहको कामलाई प्रभावकारी रूपमा कार्यान्वयन गराउन दुई वटा नमुना कानुन निर्माण गरी स्थानीय तहलाई पठाउने तयारी गरेको छ ।
भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत १७० कर्मचारी स्वतः स्थायी भएका छन् ।
निजामती सेवाबाट अवकाश पाएका राजपत्राङ्कित प्रथम श्रेणीभन्दा माथिल्लो तहका कर्मचारीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाको सेवामा जान निश्चित अवधि पार गर्नुपर्ने (कुलिङ पिरियड) कानुन व्यवस्था गर्न दबाब बढेको छ ।
स्थानीय अवधी भाषामा अनुवाद गरी प्रकाशनमा ल्याइएको नेपालको संविधान २०७२ लाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई हस्तान्तरण गरिएको छ ।
बाल कलाकार सम्राट दाहालको एकल अभिनयमा नयाँ गीत अस्तिभन्दा हिजोको भिडियो सार्वजनिक भएको छ । गीतको भिडियोलाई सम्राट क्रिएसनको युट्युव च्यानलबाट सार्वजनिक गरिएको हो ।
बेलायती राजदूत रोब फेनलेले आफ्नो २२ औं वैवाहिक वर्षगाँठ ऐतिहासिक र सांस्कृतिक सहर जनकपुरधामको जानकी मन्दिरमा मनाउनुभएको छ ।
सर्लाहीको सीमावर्ती क्षेत्र विष्णुु गाउँपालिकादेखि हरिवन–क्यानेश्वर हुँदै मदन भण्डारी राजमार्गलाई जोड्ने सडक निर्माणका लागि शनिबार दुुई मन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको काममा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।
सर्लाहीको बागमती नगरपालिका –२, धरहरामा शनिबार रुखबाट लडेर एक वृद्धको मृत्यु भएको छ । स्थानीय ७२ वर्षीय सीताराम भण्डारीको रुखबाट लडेर मृत्यु भएको हो ।
ताप्लेजुङको मिक्वाखोला गाउँपालिका –२ खोक्लिङस्थित वैराखु सामुदायिक वन उपभोक्ता समुहको अध्यक्षमा हरिप्रसाद पन्थ चयन हुनुभएको छ । शनिबार सम्पन्न समूहको छैटौं अधिवेशनले पन्थ अध्यक्ष रहेको ११ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन भएको हो ।