• १४ पुस २०८१, आइतबार

सडक निर्माणमा लाग्ने मन्त्रीको प्रतिवद्धता

blog

सडकको निरीक्षणमा आएको मन्त्रीसहितको टोली । तस्बिरः जनार्जन खत्री

जनार्जन खत्री

सर्लाही, पुुस १३ गते । सर्लाहीको सीमावर्ती क्षेत्र विष्णुु गाउँपालिकादेखि हरिवन–क्यानेश्वर हुँदै मदन भण्डारी राजमार्गलाई जोड्ने सडक निर्माणका लागि शनिबार दुुई मन्त्रीले स्थलगत अवलोकनपछि निर्माणको काममा लाग्ने प्रतिवद्धता जनाउनुभएको छ ।  

उद्योग वाणिज्य सङ्घ हरिवनको आयोजनामा मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादव र बागमती प्रदेशका अर्थमन्त्री कुुन्दनराज काफ्लेसहितको टोलीले सडकको स्थलगत अवलोकन गर्नुभएको हो । विष्णु गाउँपालिकादेखि पूर्व–पश्चिम राजमार्गस्थित हरिवनसम्म अहिले पनि कालोपत्रे सडक रहेको छ । 

हरिवनदेखि सिन्धुलीको क्यानखोलासम्म केही ठाउँमा कालोपत्रे, केही ठाउँमा ढलान, केही ठाउँमा ढुुङ्गा बिछ्याइएको र थोरै ठाउँमा मात्र कच्ची सडक रहेको छ । क्यानखोलादेखि उत्तर मदन भण्डारी राजमार्गको मरिणसम्म खोलाको बगर भएर हिउँदयाममा बस, बोलेरो, मोटरसाइकल लगायतका सवारीसाधन चल्ने गरेका छन् । 

हरिवनदेखि मदन भण्डारी राजमार्गसम्म पक्की सडक लग्नसके सङ्घीय राजधानी काठमाडौँसँगको दूरी छोटो हुने तथा व्यापारिक हिसाबले पनि सर्लाही र सिन्धुली दुवै जिल्लाका स्थानीयलाई ठूलो लाभ मिल्ने भएकाले उद्योग वाणिज्य सङ््घ हरिवन आयोजक भएर आज दुवै प्रदेशका अर्थमन्त्रीसहितको टोलीलाई स्थलगत निरीक्षण गराइएको उद्योग वाणिज्य सङ्घ हरिवनका अध्यक्ष प्रयागराज पोतेले जानकारी दिनुुभयो । 

हरिवन नगरपालिकाका प्रमुख रमेश बुुढाथोकी (कमल) ले हरिवन–क्यानेश्वर सडक अन्तर्गत सर्लाहीतर्फ अब डेढ किलोमिटर सडक मात्र ढलान तथा कालोपत्रे हुन बाँकी रहेकाले त्यो पनि चालूू आर्थिक वर्षभित्र सम्पन्न हुने बताउनुुभयो । 

हरिवन ८ स्थित चापिनी खोलामा पक्की पुल निर्माण भइरहेको र सो पुल पनि फागुुनभित्र निर्माण सम्पन्न हुने भएकाले त्यसपछि सर्लाहीतर्फको खण्डमा समस्या नपर्ने नगरप्रमुख बुुढाथोकीले बताउनुुभएको छ । 

सडकको निरीक्षणमा निस्कनुुअघि हरिवन चोकमा आयोजित सभालाई सम्वोधन गर्दै मधेश प्रदेशका अर्थमन्त्री सुनिलकुमार यादवले सडकलाई प्रदेश सरकारकै गौरवको आयोजनाका रुपमा राखेर बजेट विनियोजन गर्न आफू तयार रहेको बताउनुुभयो । 

नेपाली कांग्रेसका नेता विनोद खनालले हरिवन–क्यानेश्वर सडक रणनीतिक सडक बन्न सक्ने भन्दै आफूले पहिलेदेखि नै आवाज उठाइरहेको र सोहीक्रममा शनिबार दुवै प्रदेशका अर्थमन्त्रीलाई बोलाएर स्थलगत निरीक्षण गराएको जानकारी दिनुुभयो ।