लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्र्रदेशको कृषि, उर्जा र खानेपानी क्षेत्रको विकासमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको भेरी–बबई बहुउद्देश्यीय डाइभर्सन बहुउद्देश्यीय आयोजनाको कामलाई गति प्रदान गर्न पहल अघि बढाउनुभएको छ ।
पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दाका आराेपी राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसँग जिल्ला अदालत कास्कीमा दोस्रो दिनको बयान सुरु भएको छ ।
श्रीलङ्काका लागि प्रस्तावित राजदूत पूर्णबहादुर नेपालीको संसदीय सुनुवाइ सम्पन्न गर्न संसदीय सुनुवाइ समितिको कार्यविधि सचिवालयबाट प्रस्तावित कार्यतालिका परिमार्जनसहित पारित भएको छ ।
रामेछापको मन्थली नगरपालिका नगरस्तरीय कृषि तथा लघु उद्यम प्रदर्शनी मेला आयोजना गर्ने भएको छ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) का महासचिव शङ्कर पोखरेलले जनआकाङ्क्षा पूरा गर्न सबै दल मिलेर अगाडि बढ्नुपर्ने बताउनुभएको छ ।
चुनौतीपूर्ण बन्दै गएको सडक असुरक्षा न्यूनीकरण गर्न जिल्ला ट्राफिक कार्यालय बर्दीबासले प्रशिक्षण अभियान सुरु गरेको छ ।
प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता प्रतिकूल कार्य गरेको भन्दै थप २ सञ्चारमाध्यमलाई कालोसूचीमा राखेको छ ।
सन् १९९० को दशकको सुरुमा देशको आर्थिक उदारीकरणका वास्तुकारमध्ये एक पूर्वप्रधानमन्त्री मनमोहन सिंहको निधनपछि भारतले शुक्रबार सात दिनको राजकीय शोक मनाउने घोषणा गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले भारतका पूर्वप्रधानमन्त्री डा. मनमोहन सिंहको निधन भएकामा गहिरो शोक व्यक्त गर्नुभएको छ ।
चीनसँग सीमा जोडिएको मुलुकको उत्तरी नाका रसुवाको टिमुरेमा निर्माणाधीन सुक्खा बन्दरगाह ७२ प्रतिशत पूरा भएको छ ।
संसदमा विचाराधिन विधेयकमा सहमति खोज्ने भन्दै सत्तारुढ दलको संयन्त्रले राजनैतिक संशय पैदा गरेको छ । संघीय संसदका सदस्यहरुले विधेयकहरुमा खुला छलफल गर्न सकुन् भनेर ह्विप नलाग्ने व्यवस्था छ । तर दुई दलीय संयन्त्रले विधेयकमा के गर्ने ? के नगर्ने ? भन्दै निर्देशन दिनसक्ने संशयले संघीय संसद र समितिहरुमा सिण्डिकेट खडा हुनसक्ने विश्लेषण हुन थालेको छ । संसदीय समितिहरुमा लामो समयदेखि विधेयकहरु छलफलमै रहेको आलोचना खेपिरहेका दलहरुले छिटो पास गर्नेगरी संघीय संसदको नियमावली समेत संशोधन गर्ने तयारी गरिरहेका छन् । यसै सन्दर्भमा नेकपा एमालेका सचिव तथा संसदीय विभाग प्रमुख योगेश भट्टराईसँग गरिएको संक्षिप्त कुराकानीः
काठमाडौँ, पुस १२ गते । काठमाडौँ नागार्जुन नगरपालिका ६ स्थित डाँडागाउँमा रहेको सेतो गुम्बा र आसपासको दृश्य । पछिल्लो समय यो गुम्बा अवलोकन गर्न आउने पर्यटकको सङ्ख्या बढ्दो छ । तस्बिरः रासस
दाङ, पुस १२ गते । दाङको बबई गाउँपालिकाको सभाहलको छतमा धान चराले बनाएको गुँड । तस्बिरः रासस
कैलाली, पुस १२ गते । कैलालीको टीकापुरबाट बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा निर्माणाधीन पक्की पुल । सो क्षेत्रमा पुल नहुँदा अहिले डुङ्गाबाट आवागमन हुँदै आएको छ । तस्बिरः रासस
गण्डकी, पुस १२ गते । गुरुङ सम्पदा पदमार्ग अन्तर्गत हुगु हुँदै कोरी जाने पदमार्गमा पदयात्रीका लागि सङ्केत चिन्ह लगाउँदै पथप्रदर्शक । तस्बिरः रासस