बझाङ, पुस १२ गते । बझाङ जिल्लाको साइपाल हिमालबाट बग्ने सेतीनदीको मुहान । समुद्री सतहबाट चार हजार ४०० मिटर उचाइमा रहेको यस क्षेत्रमा हिमपहिरोले बनाएको बाटोबाट सेती नदीको मुहान सुरु भएकाे छ । तस्बिरः रासस
कैलाली, पुस १२ गते । कैलालीको टीकापुरबाट बर्दियाको गेरुवा गाउँपालिका जोड्ने कर्णाली नदीमा निर्माणाधीन पक्की पुल । सो क्षेत्रमा पुल नहुँदा अहिले डुङ्गाबाट आवागमन हुँदै आएको छ । तस्बिरः रासस
करोडौँ रुपियाँ खर्चिएर निर्माण गरिएको पालिकास्तरीय अस्पताल भवन प्रयोगविहीन भएको छ ।
नवलपुर सदरमुकाम कावासोतीमा रहेको पर्यटकीय स्थल पोखरीतालमा वनभोज खान जानेको लर्को लाग्ने गरेको छ ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज अपराह्नदेखि देशको मौसममा बदली हुने जानकारी जल तथा मौसम विज्ञान विभागबाट प्राप्त भएको जनाउँदै सावधानी अपनाउन अनुरोध गरेको छ ।
सर्लाहीको बागमती नगरपालिका–५ स्थित खेतमा किसानले खनेको तरुल बजार लाने तयारीमा छन् । तरुल खेतबाटै प्रतिकिलो रु ३५ देखि रु ५५ सम्ममा बिक्री हुने भएकाले किसानहरूले राम्रो आम्दानी हुने गरेको किसानहरू बताउनुहुन्छ ।
राजपुर गाउँपालिका–६, खङ्ग्रा नाका भारतसँग सीमा जोडिएको गाउँ हो ।
शीतलहर सुरु भएपछि नेपालगन्जमा मङ्गलबारबाट चिसो बढेको छ । सोमबारसम्म घाम लाग्दै आए पनि मङ्गलबारदेखि शीतलहर चल्न थालेकाले चिसो अत्यधिक बढेको हो ।
लुम्बिनी प्रदेशका अपाङ्गता भएका अधिकारकर्मीले प्रदेशका सांसद र मन्त्रीहरूलाई एउटै मञ्चमा राखेर नमुना संसदीय अभ्यास गरेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवलले छुट्टै प्रसूति सेवा शल्यक्रिया कक्ष निर्माण गरी सेवा सुरु गरेको छ ।
धनकुटा नगरपालिका–२, सुन्तलेस्थित सल्लेरी सामुदायिक वनभित्रको रहस्यमयी ओडारसम्म पुग्न सिँढी निर्माण गरिएको छ । रहस्यमयी ओडारसम्म पुग्न धनकुटा नगरपालिकाले पाँच लाख रुपियाँको लागतमा धनकुटा सुन्तले कृषि सडकदेखि करिब ३०० मिटर लामो सिँढी निर्माण गरेको हो ।
कैलालीको धनगढीमा मोटरसाइकल दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
सिँजा क्षेत्रका तीन वटा गाउँपालिकालक्षित गरी मालपोत र नापी कार्यालय स्थापनाका लागि सरकारले निर्णय गरेको छ ।
कैलाली, पुस १२ गते । कैलारी गाउँपालिका–९ स्थित कोईलही ताल । बहत्तर हेक्टर क्षेत्रफलमा फैलिएको प्राकृतिक तालमा आन्तरिक पर्यटकहरु बनभोज तथा घुम्नका लागि पुग्ने गर्दछन् । तस्बिरः रासस
यहाँका स्थानीय तहले बालविवाह रोकथामका लागि रणनीतिक योजना बनाउन थालेका छन् ।