• १३ पुस २०८१, शनिबार

मोहन वैद्य अस्पताल भर्ना

blog

क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण

काठमाडौं, पुस १२ गते । क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका महासचिव मोहन वैद्य किरण अस्पताल भर्ना हुनुभएको छ ।

महासचिव वैद्यको सचिवालयका अनुसार उहाँलाई विगतदेखि दम तथा श्वासप्रश्वासको समस्या छ ।

श्वासप्रश्वासमा समस्या भएपछि बिहीबार त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा भर्ना गरिएको सचिवालयले जनाएको छ ।