कैलालीका पत्रकार दीर्घराज उपाध्यायले सुरक्षाको माग गर्दै जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुभएको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्स मैदानमा सोमबार भएको खेलमा आर्मीले विभागीय प्रतिस्पर्धी नेपाल पुलिस क्लबलाई २–० गोलले हरायो ।
सभामुख देवराज घिमिरेले भारतको ओडिसामा प्रकृति लम्सालको हत्या भएको घटनाका सन्दर्भमा बोल्ने क्रममा परिवारप्रति नै श्रद्धाञ्जली व्यक्त भएको शब्दको प्रयोग भएको भए हेरेर सच्याउन निर्देशन दिनुभएको छ ।
मकवानपुर प्रहरीले हेटौँडा उपमहानगरपालिका–१५ रातमाटे चेकपोस्टबाट पेस्तोल र गोलीसहित दुई भारतीय नागरिक पक्राउ गरेको छ ।
म्याग्दीको सदरमुकाम बेनीस्थित शिवालय मन्दिरको दुई सय रोपनीभन्दा बढी गुठीको जग्गा विभिन्न व्यक्ति तथा सङ्घ संस्थाले हडप्दा शिवालयको नियमित पुजासमेत नहुने अवस्था छ ।
कैलालीको सिमसारमा यस वर्ष ५९ प्रजातिका दुई हजार ५२२ वटा जलपन्छी अभिलेख भएका छन् । हिउँदमा गरिएको गणनाको क्रममा सो सङ्ख्यामा जलपन्छी अभिलेख गरिएको हो ।
जर्मनीमा आइतवार भएको मतदानबाट फ्रिडरिक मर्ज नेतृत्वको कन्जर्भेटिभ पार्टीले आमनिर्वाचनमा प्रतिस्पर्धी दलहरूलाई धेरै अन्तरले पछि पार्दै जित हासिल गरेको छ। कन्जर्भेटिभ पार्टीले २८.५२ प्रतिशत मत ल्याई कुल ६३० सिटमध्ये २०८ सिट जितेको छ ।
प्रतिनिधि सभा बैठक
‘‘सूचनाका अनगन्ती माध्यम छन्। सूचना प्रविधिको विकासले धेरै रूपान्तरण र परिवर्तन ल्याएको छ। अब को पत्रकार र को पाठक भन्ने नै द्विविधाको अवस्था छ । अब पत्रकार प्रविधिमैत्री बन्नुपर्छ’’, कार्यकारी अध्यक्ष सुवेदीले भन्नुभयो।
लमजुङमा सोमबार बिहान भूकम्पको धक्का महसुस भएको छ । बिहान ९ बजेर ११ मिनेटको समयमा भूकम्पको धक्का महसुस भएको हो।
मुस्ताङ, फागुन १२ गते । बौद्ध धर्मावलम्बी र गुरुङ जातिको बसोबास रहेको मुस्ताङको वारागुँ मुक्तिक्षेत्र गाउँपालिका–२ स्थित पुटाक गाउँ । सडक सञ्जालको पहुँच नपुगेको पुटाकवासीको जीवनस्तर पछिल्लो समय स्थानीय उत्पादन स्याउ, आलु र बाख्रापालनबाट राम्रो बन्दै गएको छ । तस्बिरः रासस
सर्लाही, फागुन १२ गते । यहाँको बरहथवा नगरपालिका–१४, हरिपुर्वाका १४ वर्षीय मुकेश बैठालाई यही फागुन १ गते छाडा कुकुरले टोक्यो । एक्कासि कुकुरले टोकेपछि उहाँ तत्काल बरहथवा नगर अस्पताल पुग्नुभयो । तर अस्पतालले भ्याक्सिन नहुँदा उहाँलाई फर्कायो । त्यसपछि मुकेशलाई निजी क्लिनिकमा लगियो । क्लिनिकमा रु. छ सय ५० तिरेर भ्याक्सिन लगाउनुभयो । तीन–तीन दिनको अन्तरमा तीन मात्रा भ्याक्सिन लगाउनुपर्ने मुकेश दोस्रो मात्राका लागि नगर अस्पताल पुग्नुभयो । तर चिकित्सकले औषधि अझै नआएको भनेर फर्काए । फेरि निजी क्लिनिकबाटै दोस्रो मात्रा लगाउनुभयो । बैठाले अन्तिम मात्रा भने नगर अस्पतालबाटै लगाउनु पाउनुभयो । शुक्रबार अस्पताल परिसरमा भेटिनुभएका उहाँले नेता र अस्पतालका चिकित्सकसँग हारगुहार गरेपछि एक मात्रा भ्याक्सिन पाएको बताउनुभयो । अस्पतालले रु. दुई सय लिने भ्याक्सिन बाहिर रु. छ सय ५० तिर्नुपर्दा महँगो परेको उहाँले बताउनुभयो । “गाउँका मान्छेले झन्झट मानेर रेबिजको भ्याक्सिन लगाउँदैनन् । अस्पतालमा सधैँ छैन् भनेर फर्काउछन् । बाहिर किनेर लगाउन सबैसँग पैसा हुँदैन । यहाँ दिनदिनै कुकुर, स्याल, बाँदर, बिरालोलगायतका जनावरले टोकिरहेको हुन्छ”, उहाँले भन्नुभयो । चिकित्सकले दश दिनसम्म टोक्ने जनावरको निगरानी गर्न भनेर पठाउने गर्दा धेरै जनाले भ्याक्सिन लगाउन नपाएको स्थानीय रामनरेश रायको अनुभव छ । “कुकुर, स्यालजस्ता जनावरले खेतमा काम गर्दै गर्दा, बाटो हिँड्दा हिँड्दै टोकेर भाग्छ”, उहाँले भन्नुभयो, “त्यस्ता जनावरको निगरानी कसरी गर्नु ?” राज्यले भ्याक्सिन पर्याप्त नदिँदा विपन्न स्थानीय मारमा परेको उहाँको भनाइ छ । बैठाझैँ गोडैता नगरपालिका–५, सिसौटिया निवासी ४५ वर्षकी जोगनी देवीलाई यही फागुन ३ गते खेतैमा स्यालले टोक्यो । दायाँ खुट्टामा चोट लाग्ने गरी स्यालले टोकेपछि उहाँलाई परिवारले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र गोडैता पु(याए । तर उहाँले स्वास्थ्य केन्द्रमा भ्याक्सिन पाउनुभएन । चिकित्सकले १० दिनसम्म टोक्ने जनावरको निगरानी गर्नु र मर्यो भने सुई लगाउन आउनु भन्दै फर्काइदिए । त्यसपछि उहाँ लालबन्दी नगरपालिकाको एक निजी क्लिनिकमा पुगेर भ्याक्सिन लगाउनुभयो । प्राथमिक स्वास्थ्य केन्द्र बलरामा आएको औषधि १५ दिनमै सकिएकोले भ्याक्सिन लगाउन अन्तै पठाएको स्वास्थ्य केन्द्रका इन्चार्ज नितेशकुमार कुशवाहले जानकारी दिनुभयो । भ्याक्सिन जम्मा ४० भाइल मात्र आउने गरेको उहाँले बताउनुभयो । भ्याक्सिन सकिएपछि अधिकांश स्वास्थ्य संस्थाहरूले बिरामीलाई अन्यत्र पठाउने गरेका छन् । जिल्लामा सधैँ रेबिज विरुद्धको भ्याक्सिन अभाव हुने गरेको छ । सरकारी स्वास्थ्य संस्थामा कोटाअनुसार आउने रेबिज विरुद्धको भ्याक्सिन अभाव भएपछि निजी क्लिनिकबाट महँगाेमा किनेर लगाउनुपर्ने बाध्यता छ । जिल्लामा प्रादेशिक अस्पताल मलङ्गवा, नगर अस्पताल लालबन्दी, ईश्वरपुर, बरहथवा प्राथमिक स्वास्थ्य केन्द्र हरिवन, बलरामा रेबिज विरुद्धको भ्याक्सिन लगाउने गरिएको छ । तर ती केन्द्रमा आएका औषधि एक हप्तादेखि १५ दिनमै सकिने गरेको संस्थाका स्वास्थ्यकर्मीको गुनासो छ । तीन सय भाइल भ्याक्सिनको कोटा भए पनि कहिले महिना दिन, कहिले १५ दिनलाई पनि नपुग्ने प्रादेशिक अस्पताल मलङ्गवाका प्रमुख डा. नवलकिशोर झाले जानकारी दिनुभयो । औषधि सकिने बित्तिकै माग फारम भरेर पठाउने गरे पनि ल्याउन समय लाग्ने हुँदा कहिलेकाहीँ १५–२० दिनसम्म भ्याक्सिन अभाव हुने डा झा बताउनुहुन्छ । चिकित्सकीय अभ्यासमा टोकेको जनावरको १० दिनसम्म निगरानी गरेर मरे वा बहुलाए मात्र औषधि लगाउनुपर्ने भए पनि बिमारी जनावर भाग्यो भनेर आउने गर्दा भ्याक्सिन लगाउनैपर्ने दवाब हुने उहाँले बताउनुभयो । भ्याक्सिनको कोटा कम हुँदा अभाव हुने गरेको बरहथवा नगर अस्पताल प्रमुख नागेन्द्र साहले बताउनुभयो । पहिला धेरै कोटा भएपनि मधेश प्रदेश मातहतमा आएपछि महिनामा ६० भाइल मात्र प्राप्त हुने गरेको उहाँले बताउनुभयो । प्राप्त भ्याक्सिन एक हप्तामै सकिने उहाँको भनाइ छ । गत माघमा प्राप्त ४० भाइल भ्याक्सिन १० दिनमै सकिएको हरिवन नगरपालिका स्वास्थ्य शाखाका संयोजक रामबाबु चौधरीले बताउनुभयो । फागुन महिनाको लागि आउँदो २० गते औषधि प्राप्त गर्ने तालिका रहेको उहाँले जानकारी दिनुभयो । अहिले अस्पतालमा रेबिजविरुद्ध भ्याक्सिन लगाउन आउनेलाई अन्यत्र पठाउने गरेको उहाँले स्वीकार्नुभयो । हाल जिल्लामा मासिक छ सय भाइल बराबर रेबिजको भ्याक्सिन प्राप्त हुने गरेको छ । यो आवश्यकताको एकतिहाइ मात्रा मात्र भएको स्वाथ्यकर्मी बताउँछन् । आवश्यकताको आधारमा कम मात्रामा भ्याक्सिन आउने भएकाले लक्षित वर्ग जोखिममा परेको नागरिक समाजका अगुवा शिवचन्द्र चौधरीले बताउनुभयो ।
काठमाडौँ, फागुन १२ गते । नेपाल राष्ट्र बैँकले आजका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमयदर अनुसार अधिकांश विदेशी मुद्राको मूल्य वृद्धि भएको छ । केन्द्रीय बैँकका अनुसार, अमेरिकी डलर एकको खरिददर एक सय ३८ रूपियाँ ४५ पैसा र बिक्रीदर एक सय ३९ रूपियाँ पाँच पैसा, युरोपियन युरो एकको खरिददर एक सय ४४ रूपियाँ ८० पैसा र बिक्रीदर एक सय ४५ रूपियाँ ४३ पैसा निर्धारण गरिएको छ । त्यसैगरी युके पाउन्ड स्टर्लिङ एकको खरिददर एक सय ७४ रूपियाँ ८८ पैसा र बिक्रीदर एक सय ७५ रूपियाँ ६४ पैसा कायम गरिएको छ । स्वीस फ्र्याङ्क एकको खरिददर एक सय ५४ रूपैयाँ २२ पैसा र बिक्रीदर एक सय ५४ रूपियाँ ८९ पैसा तय गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८८ रूपियाँ ०३ पैसा र बिक्रीदर ८८ रूपियाँ ४१ पैसा, क्यानेडियन डलर एकको खरिददर ९७ रूपियाँ ३५ पैसा र बिक्रीदर ९७ रूपियाँ ७७ पैसा, सिङ्गापुर डलर एकको खरिददर एक सय तीन रूपैयाँ ६० पैसा र बिक्रीदर एक सय चार रूपियाँ पाँच पैसा निर्धारण गरिएको केन्द्रीय बैँकले जनाएको छ । जापानी येन १० को खरिददर नौ रूपियाँ २७ पैसा र बिक्रीदर नौ रूपियाँ ३१ पैसा, चिनियाँ युआन एकको खरिददर १९ रूपियाँ ०९ पैसा र बिक्रीदर १९ रूपियाँ १८ पैसा, साउदी अरेबियन रियाल एकको खरिददर ३६ रूपियाँ ९२ पैसा र बिक्रीदर ३७ रूपियाँ ०८ पैसा, कतारी रियाल एकको खरिददर ३७ रूपैयाँ ९८ पैसा र बिक्रीदर ३८ रूपियाँ १५ पैसा कायम भएको छ । केन्द्रीय बैँकका अनुसार थाई भाट एकको खरिददर चार रूपियाँ १२ पैसा र बिक्रीदर चार रूपियाँ १४ पैसा, युएई दिराम एकको खरिददर ३७ रूपियाँ ६९ पैसा र बिक्रीदर ३७ रूपियाँ ८६ पैसा, मलेसियन रिङ्गेट एकको खरिददर ३१ रूपियाँ ३३ पैसा र बिक्रीदर ३१ रूपियाँ ४७ पैसा तोकिएको छ । साउथ कोरियन वन एक सयको खरिददर नौ रूपियाँ ६५ पैसा र बिक्रीदर नौ रूपियाँ ७० पैसा, स्विडिस क्रोनर एकको खरिददर १३ रूपियाँ र बिक्रीदर १३ रूपियाँ पाँच पैसा र डेनिस क्रोनर एकको खरिददर १९ रूपैयाँ ४२ पैसा र बिक्री दर १९ रूपियाँ ५० पैसा निर्धारण भएको छ । राष्ट्र बैँक हङकङ डलर एकको खरिददर १७ रूपियाँ ८२ पैसा र बिक्रीदर १७ रूपियाँ ९० पैसा, कुवेती दिनार एकको खरिददर चार सय ४८ रूपियाँ ७८ पैसा र बिक्रीदर चार सय ५० रूपियाँ ७३ पैसा, बहराइन दिनार एकको खरिददर तीन सय ६७ रूपियाँ २४ पैसा र बिक्रीदर तीन सय ६८ रूपियाँ ८३ पैसा र ओमनी रियाल एकको खरिददर तीन सय ६० रूपैयाँ आठ पैसा र बिक्रीदर तीन सय ६१ रूपियाँ ६४ पैसा तय गरिएको छ । त्यसैगरी भारतीय रूपियाँ एक सयको खरिददर एक सय ६० रूपियाँ र बिक्रीदर एक सय ६० रूपियाँ १५ पैसा तोकिएको छ । राष्ट्र बैँकले यो विनिमय दरलाई आवश्यकतानुसार जुनसुकै समयमा पनि संशोधन गर्न सकिने जनाएको छ । वाणिज्य बैँक ले तोक्ने विनिमय दर भने फरक हुनसक्ने र अद्यावधिक विनिमय दर केन्द्रीय बैँक को ‘वेबसाइट’मा उपलब्ध हुने उल्लेख छ ।
बाजुराका दलित तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरिएको छ । रितादेवी जन एकता फाउन्डेसनको समन्वयमा गरिब तथा विपन्न परिवारका बालबालिकालाई शैक्षिक सामग्री वितरण गरेको हो ।
बझाङ, फागुन १२ गते । वडाभरिकै पाको मान्छे । वृद्धावस्थामा पनि माटोसँगको सामीप्य छ, ९६ वर्षीया तुलसीदेवी जोशीको । यहाँको खप्तडछान्ना गाउँपालिका–५ पिठातोलाकी जोशीलाई अहिले पनि बारीमै भेटिनुहुन्छ । यो उहाँको बाध्यता भने होइन, बाल्यकालदेखिको खेती गर्ने बानीले नछाडेको मात्र हो । “घरभित्रै बसिरहन मन मान्दैन,” उहाँले भन्नुभयो, “बारीमा के–कस्तो उम्रियो, पानी पुग्यो कि पुगेन, गोडमेल पुग्यो कि पुगेन भन्ने मनमा खेल्छ । त्यसपछि कुटो बोकेर गइहाल्छु ।”थाहा भएदेखि कृषिमा जीवन समर्पित गर्नुभएकी जोशी अहिले पनि गाउँमा अगुवा कृषकको रूपमा चिनिनुहुन्छ । “गाउँमा दलहन, धानबाली, तरकारी गाउँमा हुने सबै किसिमको तथा बीउ कतै नपाए गाउँले अझै मकहाँ आउँछन्”, तुलसीले भन्नुभयो ।तर यो उमेर बितिसक्दा पनि उहाँलाई नागरिकतालगायतका सरकारी कागजातको आवश्यकताबारे ज्ञान थिएन । उहाँलाई गत शनिबार जिल्ला प्रशासन कार्यालयले घरमै गएर नागरिकता प्रदान गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी सत्यकुमारी जोशीले सबै कागजात तयार गरी उहाँको घरमै पुगेर नागरिकता प्रदान गर्नुभयो ।थलारा गाउँपालिका–७ घोडादाउनामा विसं १९८६ साल साउन ११ गते जन्मिनुभएकी जोशीलाई नागरिकता प्रदान गर्दै सहायक प्रमुख जिल्ला अधिकारीले अनागरिक भएर जीवन बिताइरहेको अवस्थामा भेट भएको बताउनुभयो । उहाँले जोशीले सय वर्षको हाराहारीमा पनि नागरिकता नपाएको भन्ने सुन्ने वित्तिकै कागजात बनाउन अनुरोध गरेको र कागजात तयार हुनासाथ नागरिकता उपलब्ध गराएको बताउनुभयो ।बुवा जयलाल उपाध्याय र आमा हरिनादेवी उपाध्यायको कोखबाट जन्मनुभएकी जोशीको विसं १९९४ मा ८ वर्षको उमेरमा खप्तडछान्ना गाउँपालिका–५ का पदमराज जोशीसँग बिहे भएको थियो । बिहे भएको ५७ वर्ष अर्थात् २०५१ सालमै पदमराजले संसार छोडेपछि उहाँ एकल हुनुभएको हो ।सदरमुकाम चैनपुरबाट चार घण्टाको दूरीमा पर्ने पिठातोला र त्यो ठाउँबाट देखिने भूभाग नै तुलसीका लागि संसार भयो । “मेरा लागि त यही संसार हो,” तुलसीले भन्नुभयो, “माइतीगाउँ जाने बिप्रा डाँडा र छिमेकी जिल्ला बाजुरा जाने थामलेकबाहेक अन्त देखेको छैन । यही संसार आँखीझ्यालबाट हेरिरहन्छु । त्यो पनि पूरै घुमेको छैन ।”