कालीगण्डकी नदीमा अवैध रूपमा करेन्ट लगाएर माछा मार्ने चार जनालाई प्रहरीले पक्राउ गरेको छ ।
नेपाली कांग्रेसका महामन्त्री गगन थापाले वर्तमान सत्ता गठबन्धन पूरा कार्यकाल टिक्ने दाबी गर्नुभएको छ ।
इजरायलले कब्जा गरेको प्यालेस्टाइनी भूभागमा विस्तारित सैन्य कारबाहीको घोषणासँगै संयुक्त राष्ट्रसङ्घका प्रमुखले पश्चिमी किनारा (वेस्ट बैङ्क) मा इजरायली बसोवास गर्नेहरूको बढ्दो हिंसाप्रति सोमबार चिन्ता व्यक्त गर्नुभएको छ ।
अफगानिस्तानमा तालिबान अधिकारीहरूले एक वृद्ध बेलायती दम्पतीलाई पक्राउ गरेका छन् ।विद्यालय प्रशिक्षण कार्यक्रम सञ्चालन गर्दै आएका बेलायती दम्पत्तिलाई तालिवान प्रशासनले पक्राउ गरेको उनीहरूकी छोरी सारा एन्ट्विस्टलले सोमबार बताउनुभएको छ ।
राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले जारी हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा विधेयक पारित भए शिक्षासम्बन्धी धेरै समस्या समाधान हुने बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य बिमामा देखिएका विकृति हटाउन दुई चरणमा काम भइसकेको बताउनुभएको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र स्वीट्जरल्यान्डका विदेशमन्त्री इग्नाजियो डेनिले जियोभानी क्यासिसबिच सोमबार जेनेभामा द्विपक्षीय भेटवार्ता भएको छ ।
नेकपा एमालेका उपाध्यक्ष एवं पूर्व अर्थमन्त्री सुरेन्द्र पाण्डेले नेपालमा अन्तर्राष्ट्रिय दातृनिकायहरूको सहयोग रोकिने जोखिम बढेको बताउनुभएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले पाठेघरको मुखको क्यान्सर परीक्षण (स्क्रिनिङ्ग) गर्न अपिल गर्नुभएको छ । मन्त्री पौडेलले सोमबार भिडियो सन्देश जारी गर्नुहुँदै पाठेघरको मुखको क्यान्सर परीक्षण गर्न ३० वर्ष माथिका महिलालाई अपिल गर्नुभएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसँग युवा आदानप्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका मित्रराष्ट्र भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का टोलीले सोमबार शिष्टाचार भेट गरेको छ ।
नारायणघाट-बुटवल सडकको पूर्वी खण्डमा ५७ प्रतिशत काम सम्पन्न भएको छ ।
कालीगण्डकी नदी तटमा सदियौंदेखि एक रहस्यमयी चित्रैचित्रले भरिएको मालढुङ्गा नामक शिला गमक्क परेर बसेको झैँ देखिन्छ
राष्ट्रिय परिचयपत्रका लागि फोटो खिच्न र फारम भर्न अब सूूर्योदय नगरपालिकाका नागरिकले सदरमुकाम धाउनुु पर्ने बाध्यता हटेको छ । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले अस्थायी स्टेशन स्थापना गर्नेगरी राष्ट्रिय परिचयपत्रको फोटो खिचाउन र फारम भर्न सूूर्योदय नगरपालिकालाई अनुमति दिएको हो ।
पोखरा महानगरपालिकाले पर्यटकीय केन्द्र लेकसाइडमा गर्न लागिएको कोटिहोम रोक्न उच्च अदालत पोखरामा निवेदन दर्ता गराएको छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डेले आगामी दिनमा चीनबाट अझ धेरै पर्यटकको आगमन हुने र त्यसले नेपाल–चीन पर्यटन सहकार्य थप घनिष्ट र प्रगाढ हुने विश्वास व्यक्त गर्नुभएको छ ।