नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठकले राष्ट्रिय अर्थतन्त्रलाई दिगो र रोजगारीमुखी बनाउन औद्योगिक क्षेत्रको विकासका लागि लगानी वृद्धि गर्न सरकारसँग माग गरेको छ ।
दैलेखका चार वटा पालिकामा आठ वटा झोलुङ्गे पुल निर्माण हुने भएका छन् ।
राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोरले जिल्लाको बागलुङ र जैमिनी नगरपालिका जोडेको छ ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित गुरुङ भाषा
यही फागुन १४ गते पशुपतिनाथमा लाग्ने महाशिवरात्रि मेलाको सम्पूर्ण तयारी पूरा भएको छ । सोमबार पशुपति क्षेत्र विकास कोषले यहाँ पत्रकार सम्मेलन आयोजना गरी महाशिवरात्रिमा भक्तजनले सहज रूपमा दर्शन गर्नसक्ने व्यवस्था मिलाइएको जानकारी दिइएको हो ।
जिल्लाभर सोह्र वटा झोलुङ्गे पुल निर्माण भएर पनि प्रयोगमा आउन सकेका छैनन् । ती पुल अपायक पर्ने स्थानमा निर्माण हुनु र केही स्थानमा सडक सञ्जाल जोडिएका कारण ती पुल प्रयोगविहीन बनेका हुन् ।
समावेशीकरणको दिशामा नयाँ फड्को : गोरखापत्रद्वारा प्रकाशित किसान भाषा
नेपालगन्जदेखि कोहलपुर हुँदै सुर्खेत जोड्ने सहरी कोरिडोर अन्तर्गत दुई ठुला आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गर्न लागिएको छ ।
नेपाली राष्ट्रिय क्रिकेट टोलीका प्रमुख अलराउन्डर खेलाडी दीपेन्द्रसिंह ऐरीलाई गृहनगर उद्योग वाणिज्य सङ्घ कञ्चनपुरले सम्मान गरेको छ ।
भुटानको डागा युनाइटेड एफसी दोस्रो संस्करणको भद्रपुर झापा गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ । योसँगै गोल्डकपमा सेमिफाइनलको समीकरण पूरा भएको हो ।
विश्व स्वास्थ्य सङ्गठनको आर्थिक एवं प्राविधिक सहयोगमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयद्वारा आयोजित ‘टेबलटप अभ्यास’ धनगढीमा सम्पन्न भएको छ ।
जीवनका कर्ममध्ये धन आर्जन पनि एउटा लक्ष्य हो ।
भोलि २६२ औँ सेना दिवस । नेपालको एकीकरण अभियानसँग सेनाको इतिहास पनि सँगसँगै जोडिएर आउँछ ।
पश्चिम म्याग्दीको मालिका गाउँपालिकाको दुई छुट्टाछुट्टै स्थानमा मङ्गलवार बिहान भूकम्पको धक्का महसुस गरिएको छ। बिहान ५ बजेर ५२ मिनटमा मालिका–३,डाँडा गाउँमा ३.४ म्याग्निच्यूडको भूकम्प र वडा नं ५ देवस्थानमा बिहान ६ बजेर १३ मिनेटमा ३.४ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रका रविन्द रिमालले जानकारी दिनुभयो ।
मानिस सामाजिक प्राणी हो ।