४३औँ मगर दिवसको अवसरमा फागुन १५ गते प्युठानका तीन वटा गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । जिल्लाको सरुमारानी, मल्लरानी र ऐरावती गाउँपालिकाले मगर संस्कृतिप्रति सम्मान जनाउँदै बिदा दिएका हुन् ।
रस झिकिसकेपछि पकाएर पहिले खुदो त्यसपछि सखर बनाउने उहाँको दैनिकी हो । गत मङ्सिर ३ गतेदेखि उखु पेलेर सखर पकाउन थाल्नुभएका उहाँको यो दैनिक चैत पहिलो सातासम्म चल्छ ।
रोल्पामा श्रीमानले खुकुरी प्रहरी गरी श्रीमतीको हत्या गरेका छन् । त्रिवेणी गाउँपालिका वडा नम्बर ६ थुम्काका ४० वर्षका खिमबहादुर बुढामगरले ३२ वर्षीया श्रीमती अस्मिता बुढामगरलाई खुकुरी प्रहार गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिको र क्यानाडामाथि कर लगाउने घोषणा गर्नुभएको छ । मेक्सिको र क्यानाडामा करका लागि आगामी समयसीमाको बारेमा सोध्दा ट्रम्पले ह्वाइट हाउसमा फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोनसँगको संयुक्त पत्रकार सम्मेलनमा कर लगाउने कार्य अगाडि बढिरहेको बताउनुभयो ।
नेपाल–इटाली वाणिज्य तथा उद्योग सङ्घको ११ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । सभाले नेपालमा लगानी प्रवर्धन, पर्यटन क्षेत्रको विस्तार र नेपाल तथा इटालीबिचको व्यापारिक सम्बन्ध सुदृढ गर्ने प्रतिवद्धता जनाएको छ ।
स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु. पाँच सय बढेको हो ।
कैलाली, फागुन १३ गते । कैलालीको चुरे गाउँपालिका–६ गजारस्थित प्राकृतिक महत्त्व बोकेको पर्यटकीय क्षेत्र रातो पहिरो । पर्यटकीय गन्तव्यका रूपमा परिचित रातो पहिरो हेर्न आन्तरिक पर्यटकको घुइँचो लाग्ने गरेको छ । तस्बिरः रासस
म्याग्दी, फागुन १३ गते । म्याग्दीको बेनी नगरपालिका–४ सिङ्गामा जग्गा चक्लाबन्दी गरेर गरिएको व्यवसायिक आलुखेती । हरियाली ग्रुप प्रालिले सिङ्गा र आगेबगरमा ५५ रोपनी जग्गा चक्लाबन्दी गरेर कृषि फार्मु सञ्चालन गरेको छ । तस्बिरः रासस
अछाम, फागुन १३ गते । अछामको ढकारी गाउँपालिका १ ढकारीमा चिटिक्क परेका घर र पृष्ठभूमिमा थुम्कोको मनमोहक दृश्य । तस्बिरः रासस
मुक्तिनाथ, फागुन १३ गते । हिन्दू तथा बौद्धमार्गीहरूको आस्थाको केन्द्र मुक्तिनाथ मन्दिर दर्शन गरेर फर्कदै श्रद्धालु भक्तजनहरु । पछिल्लो समय हिउँदमा समेत मुक्तिनाथ दर्शन तथा घुम्न आउनेको श्रद्धालु भक्तजनहरुको संख्यामा वृद्धि हुँदै गएको छ । तस्बिरः रासस
बागलुङ फागुन १३ गते । बागलुङ, पूर्वीरुकुम र रोल्पाको सङ्गमस्थलमा रहेको पर्यटकीयस्थल पातीहाल्नेमा परेको हिउँमा रमाउँदै आन्तरिक पर्यटक । लोकमार्ग कालोपत्र भएसँगै यहाँ पुग्ने आन्तरिक पर्यटकमा वृद्धि भएको छ । तस्बिरः रासस
दाङ, फागुन १३ गते । दाङको घोराही उपमहानगरपालिका ६ स्थित गुरुवागाउँमा चरनका लागि बारीमा राखिएका मौरी । तस्बिरः रासस
कालीमाटी फलफूल तरकारी विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ ।
चालु आर्थिक वर्षको सात महिनामा वीरगञ्ज नाका हुँदै रु एक खर्ब चार अर्ब ७६ करोड मूल्य बराबरको बराबरको डिजेल, पेट्रोल, लिक्विफाइड पेट्रोलियम ग्यास (एलपिजी), एभिएसन टर्वाइन फ्युल (एटिएफ), मट्टितेल आयात भएको छ ।
बिपी राजमार्ग अन्तर्गत काभ्रेपलान्चोक जिल्लाको धुलिखेल नगरपालिका–१० शारदा बतासेमा यात्रुवाहक बस दुर्घटना हुँदा १८ यात्रु घाइते भएका छन् । मङ्गलबार काठमाडाैँबाट रामेछापतर्फ जाँदै गरेको बागमती प्रदेश–३–०१–००५ ख ९९४२ नम्बरको यात्रु बाहक बस आफै अनियन्त्रित भई सडक नालीमा पल्टिँदा १७ यात्रु घाइते भएको जिल्ला प्रहरी कार्यालय काभ्रेपलान्चोकले जनाएको छ ।