• १३ फागुन २०८१, मङ्गलबार

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो

blog

काठमाडौँ, फागुन  १३  गते ।  स्थानीय बजारमा सुनको मूल्य बढेको छभने चाँदीको घटेको छ । आज सुन प्रतितोला रु. पाँच सय बढेको हो । त्यसैगरी, चाँदी प्रतितोला रु. १५ घटेको छ । सोमबार प्रतितोला रु. एक लाख ७० हजार आठ सयमा किनबेच भएको सुनको सुन आज बढेर प्रतितोला रु. एक लाख ७१ हजार तीन सय कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

त्यसैगरी आज चाँदी प्रतितोला रु. एक हजार नौ सय ७० मा कारोबार हुनेछ । अन्तरराष्ट्रिय बजारमा आज सुन प्रतिऔँस दुई हजार नौ सय ३७ अमेरिकी डलरमा कारोबार भइरहेको छ । रासस