सङ्घीय संसदअन्तर्गतको प्रतिनिधिसभा बैठक सुरु भएको छ । मङ्गलबार दिउँसोबाट सुरु भएको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले ‘नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१’ प्रस्तुत गर्नुहुने कार्यसूची रहेको छ ।
मगर दिवसका अवसरमा फागुन १५ गते गुल्मीका सात स्थानीय तहले सार्वजनिक बिदा दिने भएको छ । दुई नगरसहित १२ स्थानीय तह रहेको गुल्मीमा सात वटा स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् । जिल्लाको रेसुंगा नगपालिका, चन्द्रकोट, कालीगण्डकी, सत्यवती, गुल्मीदरबार, मालिका र छत्रकोट गाउँपालिकाले सार्वजनिक बिदा दिएको जनाएका छन् ।
राष्ट्रिय फोटो पत्रकार समूह कास्कीको अध्यक्षमा योगेन्द्र श्रेष्ठ सर्वसम्मत चयन हुनुभएको छ । मङ्गलबार पोखरामा सम्पन्न अधिवेशनले श्रेष्ठको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
महोत्तरी जिल्लाको सदरमुकाम जलेश्वर नगरपालिका–१ मा अवस्थित बाबा जलेश्वरनाथ महादेवको स्थापना ‘जलेश्वरो महालिङ्ग रुद्रेन स्थापित स्वयम्’ लेखिएको जलेश्वरनाथ महादेव मन्दिरमा महाशिवरात्रिको पूजाको लागि भव्य तयारी गरिएको छ ।
यहाँको चापाकोट नगरपालिकाले छ सय विपन्न परिवारको निःशुल्क स्वास्थ्य बिमा गरेको छ ।
बझाङको उत्तरी भेगको एउटा दुर्गम गाउँ छ, जहाँ अहिलेसम्म पनि जडीबुटीकै भरमा उपचार गराउनुपर्ने बाध्यता छ ।
दुई दिनदेखि लगार चलेको हावाहुरीका कारण सुनसरीको इनरुवा नगरपालिका ८ डुम्रहा बंकुलवासहित विभिन्न स्थानका किसानले लगाएको केरा खेतीमा ठुलो क्षति भएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँसँगको भेटपछि पत्रकारलाई सम्बोधन गर्दै क्यानडा र मेक्सिकोमा आफूले घोषणा गरेको कर योजनाअनुसार अघि बढिरहेको बताउनुभएको छ ।
गुल्मीमा यस वर्ष २४ करोडभन्दा बढीको सुन्तला उत्पादन भएको छ । यस जिल्लामा यस वर्ष २४ करोड ५० लाख रुपियाँ बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीले जनाएको छ ।
उपप्रधान एवम् सहरी विकासमन्त्री प्रकाश मानसिंह श्रेष्ठले राजनीतिक स्थिरता र देशको समस्या समाधानका लागि नेपाल कांग्रेस–नेकपा (एमाले) गठबन्धन सरकार निर्माण भएको बताउनुभएको छ ।
पूर्वराजा ज्ञानेन्द्र शाहले आफ्नो कुल देवताको मन्दिरमा पूजापाठ गर्नुभएको छ । स्याङ्जाको कालीगण्डकी गाउँपालिकास्थित आलमदेवी मन्दिरमा शाहले मङ्गलबार पूजापाठ गर्नुका साथै प्रसाद ग्रहण गर्नुभएको हो ।
दाङ उपत्यकामा कालोपत्रे सडकमा हिँड्नका लागि घोराही तुलसीपुर सडकखण्ड मात्रै थियो। त्यसबाहेक गाउँका सडक हिउँद् याममा धुलाम्य त वर्षायाममा हिलाम्य हुन्थे ।
जुम्लाको सिँजा गाउँपालिकाले ज्येष्ठ नागरिकका लागि घरमै स्वास्थ्य परिक्षण गरिरहेको छ । गाउँमै स्वास्थ्य परीक्षण हुने भएकाले ज्येष्ठ नागरिक सो दिन पर्खिरहेका हुन्छन् ।
शताब्दी लामो आयु बाँचेर कीर्तिशेष शताब्दी काव्यपुरुष राष्ट्रकवि माधव घिमिरे (१९७६–२०७७) को जन्मस्थल पुस्तुन बाहुनडाँडा, मर्याङ्दी–६, लमजुङमा साझा प्रकाशनद्वारा २०७९ मा पहिलो पटक र २०८० मा दोस्रो संस्करणका रूपमा प्रकाशित घिमिरेको महाकाव्य ऋतम्भरामाथि परिचर्चा भएको छ ।
संरक्षण अभावमा यहाँको नेपालगन्ज उपमहानगरपालिका–२२ पुरैनीस्थित कान्ति ताल आसपासमा निर्मित पूर्वाधार जीर्ण बन्दै गएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले करोडौँ खर्च गरेर निर्माण गरेको रेलिङ भत्किएका छन् । फलामका पाइप चोरी भएको स्थानीय चक्र बुढाले बताउनुभयो ।