महाशिवरात्रिको दिन पशुपतिनाथ मन्दिरमा लाग्ने मेला सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपालले स्वास्थ्यकर्मी तथा एम्बुलेन्ससहित करिब १३ सय जनशक्ति परिचालन गरेको छ ।
नेपाल अङ्ग्रेजी भाषा शिक्षक सङ्घ (नेल्टा) को २९ औं अन्तर्राष्ट्रिय सम्मेलन फागुन १५ देखि १७ गतेसम्म ललितपुरको लिटिल एन्जेल्स स्कुलमा आयोजना हुँदैछ ।
पश्चिम म्याग्दीको मालिका र धवलागिरि गाउँपालिकामा मङ्गलबार ७ पटक भूकम्पको धक्का महसुस भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद हरि ढकाललले भ्रष्टाचारविरुद्धको अभियान नरोकिने बताउनुभएको छ । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्नुहुँदै उहाँले एक जनालाई छेकेर भ्रष्टाचारविरुद्धको अभियान नछेकिने बताउनुभएको हो ।
सोमबार झापाको केचनाकवलबाट सुरु भएको नेकपा (माओवादी केन्द्र)को ‘जनतासँग माओवादी–तराई मधेश जागरण अभियान’ मङ्गलबार मोरङ आइपुगेको छ ।
यस वर्ष पनि सिमकोट गाउँपालिका १, २, ५ र ६ को सिमकोट र ठेहे गाउँमा महिलाले चैतलो पर्व मनाएका छन् । यी गाउँका महिलाले पँहेलो वस्त्रधारण गरेर गाउँको सामूहिक सभास्थलमा चौपाडीमा सामूहिक गीत गाएर नाचेका हुन् ।
दक्षिण कोरियाका अपदस्थ राष्ट्रपति युन सुक योलविरुद्ध महाभियोगको अन्तिम सुनुवाइ मङ्गलबार भएको छ । न्यायाधीशहरूले उहाँलाई औपचारिक रूपमा पदबाट हटाउने वा नहटाउने भन्ने निर्णय लिनका लागि महाभियोगको अन्तिम सुनुवाइ सुरु भएको हो ।
सम्पत्ति शुद्धीकरण मामिलामा निगरानी गर्ने अन्तर्राष्ट्रिय निकाय वित्तीय कारबाही कार्यदल (एफएटिएफ)ले नेपाललाई खैरो सूची (ग्रे लिस्ट) मा राखेपछि यसबाट बाहिर निस्कनका लागि नेपालले गरिरहेको तयारीबारे संसदमा सरकारको जवाफ माग गरिएको छ ।
प्रतिनिधिसभा बैठकमा सांसदहरुले सडक दुर्घटनामा परेकाको राज्यले निःशुल्क उपचारको व्यवस्था गर्न माग गरेका छन् । मङ्गलबार बसेको प्रतिनिधिसभा बैठकमा सांसद रामहरि खतिवडाले सडक दुर्घटनामा परेका घाइतेको निःशुल्क उपचारको व्यवस्था गर्न सरकारको ध्यानाकर्षण गराउनुभयो ।
अस्ट्रेलियामा क्रियाशिल नेपाली तथा नेपाली मूलका पत्रकारहरुको साझा संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिस्ट एसाेसिएसन (एञ्जा) को अध्यक्षमा कृष्ण तिवारी निर्वाचित हुनुभएको छ ।
प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको अध्यक्षमा पत्रकार केशवराज जोशी निर्वाचित हुनुभएको छ । डडेल्धुराको आलितालमा सम्पन्न प्रदेशको तेस्रो अधिवेशनबाट जोशी निर्विरोध निर्वाचित हुनुभएको हो ।
२५ औं अन्तर्राष्ट्रिय मातृभाषा दिवसको अवसरमा नेपालभाषा परिषद्ले मातृभाषा कविता वाचन कार्यक्रमको आयोजना गरेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले जोरपाटीस्थित नेपाल मेडिकल कलेज तथा शिक्षण अस्पतालको रजत जयन्तीका अवसरमा त्यहाँस्थित नवनिर्मित डेन्टल कलेज भवनको उद्घाटन गर्नुभएको छ ।
फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले शान्तिको अर्थ युक्रेनको ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताले ट्रान्साटलान्टिक तनावका बावजुद अगाडिको बाटो निर्धारण भएको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम जारी राखेको छ । यही फागुन महिनाभित्र नियमावली तयार गरी स्थानीय तहमा रहेका कर्मचारीहरूको वृत्तिविकास तथा व्यवस्थापनलाई अघि बढाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ ।