ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई पुनः स्पष्टीकरण सोधेको छ ।
सर्वसाधारणले भौतिक उपस्थितिबिना नै सार्वजनिक सेवा लिन सक्ने गरी सरकारले विद्युतीय सुशासनको ‘ब्लुप्रिन्ट’ सार्वजनिक गरेको छ ।
इलामको जस्वीरेमा रहेको जस्वीरे चिया प्रशोधन उद्योगमा मङ्गलवार राती लागेको आगलागीबाट उद्योग नै ध्वस्त भएको छ । राती करिब साढे नौ बजेबाट एक्कासि आगो लागेको स्थानीयले थाह पाएका थिए ।
मुरारी अधिकारीधादिङ, फागुन १४ गते । धादिङको गुप्तेस्वरमा गए राति भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ अन्य २ जना घाइते भएका छन् । धादिङको प्रसिद्ध गुप्तेस्वर महादेवको गुफा नजिकै नीलकण्ठ नगरपालिका वडा नम्बर ६ को भिरबाट बा ०१– ००४ क ३३५२ नम्बरको पानी बोकेको ट्याङ्कर खसेको हो । राति करिब ११ तीस बजे दुर्घटना भएको स्थानीयले बताएका छन् । दुर्घटनामा २ जनाको मृत्यु भएको छ । दुर्घटना भएको खबर पाए सङ्गै सदरमुकाम धादिङबेसी बाट गएका सोसल भोलेन्टियरको टोलीले घाइतेहरूको उद्धार गरी जिल्ला सदरमुकाम धादिङबेसी स्थित धादिङ अस्पतालमा पठाएको बताएका छन् । ट्याङ्कर अप्ठ्यारो भिरमा खसेको र भिरमा अड्किएको शव निकाली पोष्टमाटमको लागि गजुरी पठाउने तयारी गरेको उद्धारकर्मी नारायण कुमार श्रेष्ठले जानकारी दिनु भयो । मृतकहरूको सनाखत हुन बाकी रहेको छ । दुर्घटनाका विषयमा थप अनुसन्धान भई रहेको धादिङ प्रहरीले जनाएको छ । सवारी चालक भने सकुशल छन् । फर्काउन पछाडि हटाउने क्रममा दुर्घटना भएको र आफू हामफालेर बाचेको बताएका चालकलाई प्रहरीले नियन्त्रणमा राखेको छ । दुर्घटनाका घाइतेहरूको अवस्था मध्यम रहेको छ ।
निजी विद्यालय सञ्चालकको एउटा सङ्गठन राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल (राष्ट्रिय प्याब्सन) मा विवाद आएको छ । विवाद बढेपछि दुई समूहले फरक फरक स्थान र मितिमा फरक फरक महाधिवेशनको मिति तोकेका छन् ।
सरकारले मनसुनजन्य विपत्मा परी बेपत्ता भएका व्यक्ति कम्तीमा दस दिनसम्म नभेटिएको अवस्थामा मृतकसरह राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
भारतीय सेनाका ६ जना भूतपूर्व स्थल सेनाध्यक्षहरु नेपालमा आउनुभएको छ ।
१४औँ दक्षिण एसियाली खेलकुद (साग) सन् २०२६ को जनावरी २३ देखि ३१ सम्म आयोजना हुने भएको छ ।
पहाडकी रानी उपनामले प्रख्याती कमाएको बन्दीपुरको सुन्दरता देखेर साहित्यकारहरू दङ्ग परेका छन् ।
नेपालगन्जको बेलासपुरमा दुर्घटना हुँदा घरभित्र खेलिरहेका एक बालकको मृत्यु भएको छ ।
पहिलो पटक उच्च उचाईमा क्योकुशिन–सेईसिन कराते प्रतियोगिता आयोजना गरेर गिनिज बुक अफ वल्र्ड रेकर्डको लागि प्रमाण दर्ता गरिएको छ ।
मङ्गलबार धरान–१३ स्थित वडा कार्यालयको छेउमा कार्यक्रमको प्रमुखको अतिथी कोशी प्रदेशको सांसद यसोदा कायस्थ, धरान–१३ को वडाध्यक्ष नेत्र प्रसाद काफ्ले महिला सञ्जालको पूर्व अध्यक्ष चेतना श्रेङ लगायतले नवनिर्मित भवनको उद्घाटन गर्नुभएको हो ।
युक्रेन विरुद्धको मस्कोको अभियानको निन्दा हुनबाट बच्न संयुक्त राष्ट्रसङ्घमा अमेरिकाले रुससँग मतदान गरेपछि क्रेमलिनले मङ्गलबार वासिङ्टनको ‘सन्तुलित स्थिति’ को प्रशंसा गरेको छ ।
म्याग्दी मालिका गाउँपालिका–६ स्थित दुखुबेशीकी जसमती सुनारले मङ्गलबार ७६ वर्षको उमेरमा नागरिकताको प्रमाणपत्र पाउनुभएको छ ।
सांसदहरूले प्रेस काउन्सिलभन्दा व्यवस्थित र शक्तिशाली निकायका रूपमा आमसञ्चार परिषद स्थापना हुनुपर्ने धारणा राख्नुभएको छ । पत्रकारिता पेशालाई स्वच्छ र मर्यादित बनाउन आमसञ्चार परिषद् विधेयक महत्वपूर्ण हुने उहाँहरूको कथन छ ।