जिल्लाको विजयनगर गाउँपालिकाले बिहीबार सार्वजनिक बिदा दिएको छ । गाउँपालिकाले बिहीबार मगर दिवसको अवसरमा स्थानिय बिदा दिइएको हो ।
ताप्लेजुङमा निर्माणाधीन केबुलकारको विवादलाई समाधान गर्नका आन्दोलनरत पक्षले चार सर्त अघि सारेका छन् । गृह मन्त्रालयले आन्दोलनरत पक्षलाई वार्तामा आउन आग्रह गरेपछि आन्दोलनरत पक्षले चार सर्त अघि सारेको हो ।
सङ्कटा र मच्छिन्द्र फुटबल क्लब केपी ओली कप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
लमजुङको मध्यनेपाल नगरपालिका–७ करापुटारमा रहेको ईशानेश्वर महादेव मन्दिरमा महाशिवरात्रि मेलाको भव्य तयारी गरिएको छ । तीन दिनसम्म सञ्चालन हुने मेलाको तयारी पूरा भएको आयोजक ईशानेश्वर महादेव क्षेत्र विकास समितिले जानकारी दिएको छ ।
प्रेम विवाहको विषयमा पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका–३ बेलासपुरमा आज दुई पक्षबिच झडप हुँदा १९ जना घाइते भएका छन् ।
आयोजक ललितपुर टेबलटेनिस क्लब र ग्लोबल टेबलटेनिस एकेडेमीले सातौँ सम्झना कप अन्तर्राष्ट्रिय टेबलटेनिस प्रतियोगिताको टिम इभेन्टमा मङ्गलबार स्वर्ण जितेका छन् ।
फागुन १५ गतेदेखि ‘डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन’ हुने भएको छ । मङ्गलबार महान्यायाधिवक्ता कार्यालयमा पत्रकार सम्मेलन गरी यसबारे जानकारी गराइएको हो । दुई दिनसम्म सञ्चालन हुने सम्मेलन फागुन १५ र १६ गते काठमाडौंमा सञ्चालन हुनेछ ।
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले उपचारात्मक क्षेत्रमा नागरिकलाई बढी सुविधा दिने कुरामा सरकार गम्भीर रहेको बताउनुभएको छ । मङ्गलबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
चार वटा स्थानीय तह रहेको सिङ्गो जिल्ला मनाङमा भने एउटै एम्बुलेन्स छैन । जोकोही बिरामी परे भने आपत्कालीन अवस्थामा अन्य विकल्प खोज्नुपर्ने हुन्छ ।
ताप्लेजुङको पूर्वी क्षेत्रको याङ्पाङ–मामाङ्खे सडक खण्डमा कालोपत्रे गर्न सुरु गरिएको छ । सदरमुकाम फुङ्लिङ हुँदै कञ्चनजङ्घा आधार शिविर जोड्ने सडकको याङ्पाङ–मामाङ्खे खण्डमा धमाधम कालोपत्रे गर्न सुरु भएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुक अध्याँरो युगबाट भर्खरै उज्ज्यालो युगमा प्रवेश गरेकाले युवाहरु निराश हुनुनपर्ने बताउनुभएको छ ।
नेपालमा हवाई क्षेत्रमा सेवा प्रदायक र नियामक निकाय बनाउने गरी तयार गरिएको विधेयक प्रतिनिधिसभामा प्रस्तुत गरिएको छ ।
जबरजस्ती करणी गरेको आरोपमा एक शिक्षकलाई प्रहरीले पक्राउ गरेको छ ।
ताप्लेजुङमा सुपर काबेली जलविद्युत आयोजनाबाट विद्युत उत्पादनको तयारी गरिएको छ । हिलटन हाइड्रो इनर्जी लिमिटेडले निर्माण गरेको आयोजनाको काम सम्पन्न भएसँगै १२ मेगावाट क्षमताको विद्युत उत्पादनको तयारी गरिएको हो ।
कास्कीको पोखरा महानगरको वडा नम्बर १८ सराङकोटमा पञ्चमुखी गणेशको मूर्ती, शिव मन्दिर लगायतका संरचना तयार भएका छन् । सराङकोट धार्मिक एवम् पर्यटन क्षेत्र विकास समितिले करिब १२ करोड लागतमा शिव मन्दिर बनाएको हो ।