फ्रान्सका राष्ट्रपति इम्यानुयल म्याक्रोँले शान्तिको अर्थ युक्रेनको ‘आत्मसमर्पण’ हुन नसक्ने चेतावनी दिनुभएको छ । उहाँले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको वार्ताले ट्रान्साटलान्टिक तनावका बावजुद अगाडिको बाटो निर्धारण भएको बताउनुभयो ।
लुम्बिनी प्रदेश सरकारले स्थानीय निजामती सेवा ऐन कार्यान्वयनका लागि नियमावली निर्माणको काम जारी राखेको छ । यही फागुन महिनाभित्र नियमावली तयार गरी स्थानीय तहमा रहेका कर्मचारीहरूको वृत्तिविकास तथा व्यवस्थापनलाई अघि बढाइने मुख्यमन्त्री चेतनारायण आचार्यले बताउनुभएको छ ।
गत असार २२ र २३ गते गएको बाढी पहिरोबाट पूर्ण रूपमा घर क्षति पुगेका यहाँका नौ परिवारलाई राहत प्रदान गरिएको छ ।
रुकुमपश्चिम र डोल्पाका सुरक्षा निकायका प्रमुखले लागुऔषध नियन्त्रणका लागि जिल्लाका सीमा नाकामा कडाई गर्ने निर्णय गरेका छन् ।
भोलि (बुधबार) महाशिवरात्रि पर्व धूमधाम साथ मनाइँदै छ । यसका लागि पशुपति क्षेत्रमा महाशिवरात्रिको चहलपहल सुरु भइसकेको छ । शिवरात्रि पर्व मनाउन नेपाल तथा भारतबाट साधुसन्तहरू आउने क्रम बढेको छ ।
सरकारले मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गरेको छ। मङ्गलबार सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले पत्रकार सम्मेलन गर्नुहुँदै फागुन १२ गते मन्त्रिपरिषद् बैठकका १५ वटा निर्णय सार्वजनिक गर्नुभएको हो।
महाशिवरात्रि पर्वमा पशुपतिनाथ मन्दिर दर्शन गर्न आउने श्रद्धालु भक्तजन, साधुसन्त र दर्शनार्थीको उपस्थिति बढेको छ । एक दशकयतासर्वाधिक भक्तजन आउने अपेक्षाका साथ पशुपति क्षेत्र विकास कोषले व्यवस्थापन गरेको जनाएको छ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको प्रमुख सुरक्षा अङ्ग नेपाली सेनाले बुधबार २६२औँ स्थापना दिवस मुलुकभर विविध कार्यक्रम गरी मनाउँदैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलसँग युवा आदान–प्रदान कार्यक्रम, २०२५ मा सहभागी हुन नेपाल आएका भारत, भूटान र माल्दिभ्सका ‘राष्ट्रिय क्याडेट कोर’ (एनसिसी) का प्रतिनिधिमण्डलले आज शिष्टाचार भेट गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा जेनेभामा द्विपक्षीय भेटवार्ताहरूमा व्यस्त रहनुभएको छ । संयुक्त राष्ट्रसङ्घीय मानवअधिकार परिषदको ५८ औँ उच्चस्तरीय सत्रमा सहभागिताका लागि जेनेभामा रहनुभएका मन्त्री डा. देउवाले सो सभामा सहभागी हुन आएका विभिन्न देशका आफ्ना समकक्षी तथा अन्य मन्त्रीहरुसँग साइडलाइन भेटवार्ता गर्नुभएको छ ।
बाढीले बगाएको थामे स्वास्थ्य चौकी पुनर्निर्माणका लागि निःशुल्क जग्गा प्राप्त भएकाे छ ।
नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक दिनेशकुमार आचार्यले गत माघमा देशभरबाट रु. ५२ करोड ४७ लाख छ हजार आठ सय ७९ रूपैयाँ राजस्व सङ्कलन गरेको जानकारी दिनुभयो ।
अखिल नेपाल भिक्षु महासङ्घले यही फागुन २० देखि २५ गतेसम्म लुम्बिनीमा त्रिपिटक वाचन गर्ने भएको छ ।
जिल्लाको खप्तडछान्ना गाउँपालिका–५ पिठेतोला कि ९६ वर्षीया एक महिलाले घरमै नागरिकता पाउनुभएको छ ।
शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना हुनुभएको छ । घाँटीमा समस्या आएकोले मन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनु भएको हो ।