• १३ फागुन २०८१, मङ्गलबार

शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना

blog

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई

काठमाडौँ, फागुन १३ गते । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई अस्पतालमा भर्ना हुनुभएको छ । घाँटीमा समस्या आएकोले मन्त्री भट्टराई त्रिवि शिक्षण अस्पतालमा भर्ना हुनुभएको हो । 

अस्पतालका सहायक सूचना अधिकृत कालीप्रसाद रोसयाराले मन्त्री भट्टराईको घाँटीमा समस्या आएर शुक्रबारदेखि अस्पताल भर्ना भएको जानकारी दिनुभयो । 

उहाँ भन्नुहुन्छ, ‘‘मन्त्री भट्टराईको घाँटीमा सामान्य समस्या देखिएकाले शुक्रबारदेखि अस्पतालमा भर्ना भएर उपचार गरिरहनुभएको छ ।’’ 

रोसायराका अनुसार उपचाररत मन्त्री भट्टराईको स्वास्थ्य सुधार हुँदै गइरहेको छ ।