फडिन्द्र अधिकारीलेखनाथ, फागुन १३ गते । सशस्त्र प्रहरी बलमा कार्यरत प्रहरी निरीक्षक सन्तोषी महतको मृत्युपछि सशस्त्रकै प्रहरी निरीक्षक विवेक जोशी पक्राउ परेको छ । महतको परिवारले जोशीविरुद्ध आत्महत्या दुरुत्साहनमा आइतबार किटानी जाहेरी दिएपछि सोमबार बेलुका जोशीलाई पक्राउ गरिएको हो । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायब उपरीक्षक वसन्तकुमार शर्माले जोशीलाई पक्राउ गरी घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुभयो । महतको शव आइतबार ब्यारेकको महिला शौचालय नजिकैको बिममा झुन्डिएको अवस्थामा भेटिएको थियो । महत पोखराको हुल तथा दङ्गा व्यवस्थापन तालिम केन्द्र लामा पाटनमा कार्यरत हुनुहुन्थ्यो । सिन्धुपाल्चोककी २८ वर्षीया महत २०७२ मा सशस्त्रमा प्रवेश गर्नुभएको थियो । पक्राउ पर्नुभएका प्रहरी निरीक्षक जोशी तनहुँमा कार्यरत हुनुहुन्छ । महत र जोशी प्रेम सम्बन्धमा रहेको र जोशीकै कारण महतले आत्महत्या गरेको किटानी जाहेरी परेको छ । यो घटनाबारे छानबिन गर्न सशस्त्र प्रहरी बलले प्रहरी नायब महानिरीक्षक लक्ष्मण सिंहको नेतृत्वमा छानबिन समिति गठन गरेको छ ।
अस्ट्रेलियामा नेपाली तथा नेपाली मूलका पत्रकारहरूको साझा संस्था अस्ट्रेलियन नेप्लिज जर्नालिष्ट एशोसियसन (एञ्जा) को अध्यक्षमा कृष्ण तिवारी निर्वाचित हुनुभएको छ ।
अविनाश चौधरीधनगढी, फागुन १३ गते । कैलालीमा गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–५ का छ वर्षीय जेनिश विष्टको ज्यान गएको हो । बालकलाई लम्कीस्थित लालरत्न अस्पताल अगाडि सुदूरपश्चिम प्रदेश ०१००१ च ३७४७ नम्बरको यात्रुवाहक गाडीले ठक्कर दिएको थियो । गाडीको ठक्करबाट घाइते बालकको लालरत्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । उनलाई हिजो भ्यानले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताउनुभयो । गाडीसहित चालक अछामको मङ्गलसेन नगरपालिका–४ का २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
सलिम मिया बिजुवार, फागुन १३ गते । प्युठानमा प्रहरीले बरामद गरेको १७२ किलो ७ ग्राम नक्कली मह नष्ट गरिएको छ ।माघ १४ गते बुटवलबाट रोल्पा जाँदै गरेको ना ४ ख ७३४६ नम्बरको बसबाट प्रहरीले अखाद्य मह जस्तो देखिने पदार्थ नियन्त्रणमा लिई परीक्षणका लागि नेपालगन्ज पठाएको थियो। परीक्षणपछि सरकारले तोकेको मापदण्ड नपुगेको पुष्टि भएपछि घरेलु तथा साना उद्योग कार्यालय प्युठानले प्रहरी र सम्बन्धित निकायको रोहवरमा खाल्डो खनेर नष्ट गरेको निमित्त उद्योग अधिकृत मनि बहादुर गुरुङले जानकारी दिनुभयो ।बरामद नक्कली महको बजार मूल्य १ लाख ३ हजार ६२० रुपैयाँ रहेको प्रहरीले जनाएको छ।
हुम्ला जिल्लाका आठ सय भन्दा बढी व्यवसायी र फर्म लगायतका संस्था व्यक्तिहरू कर नतिर्नेमा परेका छन् । संस्था, फर्म र व्यवसाय दर्ता गर्ने र त्यसपछि नवीकरण नगरेको कारण उनीहरू कर नतिर्ने लिस्टमा कर कार्यालयले राखेको हो ।
यहाँका विद्यार्थी २०८१ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई) को तयारीमा जुटेका छन् । कक्षा १० को आन्तरिक मूल्याङ्कन परीक्षा सम्पन्न भएसँगै विद्यार्थी थप अध्ययनमा जुटेका छन् । यस
ताप्लेजुङको पाथीभरा मुक्कुमलुङ क्षेत्रमा निर्माणाधीन केबुलकारको विषयलाई लिएर वीरेन्द्र चोकमा नो केबुलकार समूह र प्रहरीबिच भएको झडपका व्रmममा १५ जना पक्राउ परेका छन् । जिल्ला प्रह
भौगोलिक रुपमा विकट रहेको भोजपुरको हतुवागढी ४ लुङ्थुङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको छ । नागरिकलाई सहज स्वास्थ्य सेवा पु¥याउने लक्ष्यले यहाँ सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरिएको हो ।
यज्ञप्रसाद सापकोटागुलरिया(बर्दिया) फागुन १३ गते । बर्दिया अस्पतालमा होमो डाइलसिस सेवा सञ्चालनमा आएपछि मिर्गौलाका बिरामीहरूलाई उपचारका लागि सहज भएको छ । गत वैशाख ११ गते देखि सञ्चालनमा आएको सेवाले गर्दा बिरामीहरू नेपालगन्ज, कोहलपुर र काठमाडौँ गएर डाइलासिस गराउनु पर्ने बाध्यता हटेको छ ।बर्दियाका मिर्गौला पीडित बिरामीहरू हप्ताको तिन पटक सम्म डाइलासिस गराउनका लागि जिल्ला बाहिर जानुपर्ने बाध्यता थियो । विशेष गरी नेपालगन्ज मेडिकल कलेज कोहलपुर र भेरी अस्पताल बाँकेमा समेत पालो नपाउँदा काठमाडौँ र भारतको लखनउ सम्म पुगेर डाइलासिस गराउनु पर्ने बाध्यता थियो । तर बर्दिया अस्पतालमा डाइलासिस सेवा सञ्चालन भएपछि घरबाटै आएर अस्पतालमा डाइलसिस गराउन पाएका छन् । डाइलासिस मेसिन आए पनि जनशक्ति अभावमा लामो समय सम्म सञ्चालनमा नआएको सेवा जनशक्ति व्यवस्थापन पश्चात् बर्दिया अस्पतालमा सुरु भएको थियो । ६ ओटा डाइलासिस मेसिन मध्ये एक मेसिन इमरजेन्सीको लागि होल्डमा राखेर दैनिक ५ ओटा मेसिन सञ्चालन गरिएको छ । दुई सेसनमा सञ्चालन भएको सेवामा प्रति दिन १० जना बिरामीलाई सेवा दिँदै आएको अस्पतालले जनाएको छ । डाइलासिस सेवा सञ्चालनमा आएपछि हाल सम्म ३८ जना बिरामीलाई डाइलासिस सेवा दिई सकिएको छ । जसमध्ये हाल २७ जना बिरामीले नियमित डाइलासिस सेवा लिई रहेका छन् । हाल सम्म एक हजार ५७ सेसन डाइलासिस सेवा दिई सकिएको बर्दिया अस्पतालका प्रमुख डा. सुभाष पाण्डेले बताउनु भयो । विपन्न नागरिक औषधि उपचार कोषमा दर्ता हुन भन्दा अगाडी बर्दिया अस्पतालले ८५ वटा सेसन निःशुल्क डाइलासिस सेवा दिएको थियो । ५८ जना बिरामीलाई अस्पतालले आकस्मिक डाइलासिस सेवा दिई सकेको छ । बर्दियामा डाइलासिस सेवा सञ्चालन भएपछि जिल्ला बाहिर कोठा भाडामा लिई बसेर डाइलासिस गर्नुपर्ने बाध्यता हटेको बाँस गढी नगरपालिका वडा नं ६ दमौली बस्ने महादेवले बताउनु भयो । उहाँले भन्नु भयो –‘अहिले घरबाटै आमालाई डाइलासिस गराउन बर्दिया अस्पतालमा ल्याउने गरेको छु ।काठमाडौँमा कोठा भाडामा बस्दा अत्यधिक आर्थिक भार परेको थियो । अहिले सहज भएको छ ।’ काठमाडाैँ बसेर लामो समय डाइलासिस गरेका अर्का बिरामी गेरुवा गाउँपालिका वडा नं २ का शेरबहादुर विश्वकर्मा पनि अहिले बर्दिया अस्पतालमा डाइलासिस गराउन आउने गर्नु हुन्छ । नेपालगन्ज मेडिकल कलेज कोहलपुरमा हप्ताको दुई पटक डाइलासिस गराउन जाने पवित्रा देवी सुवेदी हाल घरबाटै डाइलासिका लागि आउने जाने गर्नु हुन्छ । कुनै समयमा डाइलासिसको पालो नपाएर काठमाडौँ देखि भारतको बहराइच सम्म डाइलासिस गराउन भौतारिनु भएको थियो । उहाँ भन्नु हुन्छ –‘अहिले त घर मै बसेर डाइलासिस गरेजस्तो लाग्छ ।’ अस्पताल प्रमुख डा पाण्डेले विपन्न नागरिक औषधी उपचार कोषबाट प्राप्त हुने रकम अत्यन्त न्यून भएको बताउनु हुन्छ । उहाँले प्रति सेसन प्राप्त हुने दुई हजार पाँच सय रकमले डाइलासिस सञ्चालन गर्न समस्या भएको बताउनु भयो । करिब १० बर्ष अगाडी तोकिएको रकम हाल सम्म समायोजन नगरिएको बताउँदै हरेक दुई वर्षमा रकम समायोजन गर्नुपर्ने बताउनु भयो । ‘डायलासिसका लागि आवश्यक सामानहरू महँगो भई सक्यो तर डाइलासिस गरेवापत कोषले दिने रकम न्यून रहेको छ । ’ उहाँले भन्नु भयो –‘सरकारी अस्पतालमा डाइलासिसका लागि प्रतिसेसन न्यूनतम ३५ सय रुपियाँ दिए राम्रो हुन्थ्यो ।’बर्दिया अस्पतालमा मिर्गौला रोग विशेषज्ञ नहुँदा कहिले काहीँ समस्या आउने गरेको उहाँले बताउनु भयो । उहाँले भन्नु भयो –‘मिर्गौला रोग विशेषज्ञ मात्र नभएर फिजिसियन समेत नहुँदा समस्या पर्ने गरेको छ । हाम्रो अस्पतालमा दरबन्दी भए पनि विशेषज्ञ डाक्टर नभएकोले कतिपय सेवा दिन कठिन भएको छ ।’
सहमति अनुरूप जग्गा प्राप्तिमा ढिलाइ हुँदा बागलुङ बसपार्कका जग्गादाताले अन्ततः आफ्नै जग्गा फिर्ता लिन आन्दोलन गर्न थालेका छन् ।
लुम्बिनी प्रादेशिक अस्पताल बुटवल न्यूनतम सेवा मापदण्ड मूल्याङ्कनमा उत्कृष्ट नतिजा प्राप्त गरी नेपालकै पहिलो बन्न सफल भएको छ ।
मदन भण्डारी राजमार्गको तम्घास–छल्दी सडकखण्डका विभिन्न स्थानमा खाडल परेका कारण दुर्घटनाको जोखिम बढेको छ ।
सुदूरपश्चिम प्रदेश सभामा थप गरिएको विशेषाधिकार समितिले न्यायिक, कानुनी र मानव अधिकारको क्षेत्रमा काम गर्ने भएको छ ।
धनगढी उपमहानगरपालिका–२ सन्तोषी टोलस्थित बायोग्यास प्लान्ट पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । वैकल्पिक ऊर्जा प्रवर्द्धन केन्द्रसँगको सहकार्यमा देव ट्रेनिङ एन्ड म्यानेजमेन्ट सेन्टरले दैनिक ३० हजार किलो सड्ने र दुर्गन्ध फैलाउने फोहर व्यवस्थापन गर्दै आएको छ ।
झापाको कचनकवल गाउँपालिका–५ स्थित मेची खोलाको बगरलाई उर्वर बनाइँदैछ । विपन्न नागरिकको जीवनस्तर उकास्नका बगर खेती प्रवर्द्धन कार्यक्रमअन्तर्गत खोला उकास बगरको जग्गालाई उर्वर बनाउने काम भइरहेको कचनकवल गाउँपालिकाका उपाध्यक्ष नवराज भट्टराईले जानकारी दिनुभयो ।