• १३ फागुन २०८१, मङ्गलबार

गाडीको ठक्करबाट बालकको मृत्यु

blog

अविनाश चौधरी

धनगढी, फागुन १३ गते । कैलालीमा गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार लम्कीचुहा नगरपालिका–५ का छ वर्षीय जेनिश विष्टको ज्यान गएको हो ।

बालकलाई लम्कीस्थित लालरत्न अस्पताल अगाडि सुदूरपश्चिम प्रदेश ०१००१ च ३७४७ नम्बरको यात्रुवाहक गाडीले ठक्कर दिएको थियो । 

गाडीको ठक्करबाट घाइते बालकको लालरत्न अस्पतालमा उपचारको क्रममा ज्यान गएको जनाइएको छ । उनलाई हिजो भ्यानले ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कवीन्द्रसिंह बोहराले बताउनुभयो । गाडीसहित चालक अछामको मङ्गलसेन नगरपालिका–४ का २३ वर्षीय भोजराज केसीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।