पाँचथरका फिदिम नगरपालिका –७ नम्बर वडाले महिलाका लागि धूप बनाउने चार दिने तालिम सञ्चालन गरेको छ ।यहाँका महिलाको आय आर्जनमा वृद्वी गर्ने उद्देश्यले तालिम दिइएको वडाध्यक्ष रुपेन्द्र तामाङले बताउनुभयो ।
उपराष्ट्रपति रामसहायप्रसाद यादवले आँखाको उपचारमा नेपालका अस्पतालहरूले फड्को मार्दै गएको बताउनुभएको छ । रामकुमार महावीरप्रसाद केडिया आँखा अस्पतालको स्वर्ण महोत्सवको आज यहाँ उद्घाटन गर्दै उहाँले आँखाको उपचार क्षेत्रमा फड्को मार्नु यस क्षेत्रका लागि मात्रै नभएर सिङ्गो मुलुकको लागि गौरवको विषय भएको बताउनुभयो ।
लमजुङमा ‘अफ्रिकन स्वाइन फिभर’ फैलिन नदिन उच्च सतर्कता अपनाउन थालिएको छ ।
मोरङको उर्लाबारी–९ छिन्ताङ्गे टोलका ४९ वर्षीय नरेन्द्र लावतीको अत्यधिक मदिरा सेवन गरेर मृत्यु भएको छ । इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक राकेश यादवका अनुसार छिमेकी डिगबहादुर खड्काको घरको वरण्डामा सोमबार बिहान नरेन्द्र मृत अवस्थामा भेटिएका थिए ।
राष्ट्रिय मुक्ति पार्टी, नेपालका अध्यक्ष राजेन्द्र महतोले चुरे दोहन, वन विनाश तथा मधेश सरकारको बेथितिविरुद्ध सङ्घर्ष गर्ने बताउनुभएको छ ।
नेपालगन्जमा सञ्चालनमा रहेको लर्डबुद्ध एकेडेमी लिमिटेडद्वारा सञ्चालित नेपालगन्ज शिक्षण अस्पताललाई सरकारी निकायबाट अनुमति नलिइ नाम परिवर्तन गरेको छ ।
परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा र अजरबैजानका विदेश राज्यमन्त्री एलनुर ममादोभबिच जेनेभामा सोमबार द्विपक्षीय भेटवार्ता भएको छ ।
कालीभक्त–कृष्णा पन्त स्मृति प्रतिष्ठान नेपालले अन्तर्राष्ट्रिय लोकसाहित्य पुरस्कार यसवर्ष बागलुङका साहित्यकार प्रेम छोटालाई प्रदान गर्ने भएको छ । पुरस्कारको राशी एक लाख एक हजार रुपियाँ रहेको छ ।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले अर्थतन्त्र चलायमान बनाउन स्थानीय उत्पादनको प्रवर्धन गर्नुपर्ने बताउनुभएको छ । सर्लाहीको लालबन्दीमा शहरी विकास मन्त्रालयअन्तर्गतको शहरी विकास तथा भवन निर्माण विभागबाट निर्मित बहुउद्देश्यीय व्यापारिक भवनको उद्घाटन गर्नुहुँदै उहाँले यस्तो बताउनुभएको हो ।
लुम्बिनी प्रदेशलाई आगामी आर्थिक वर्ष सडक आश्रित मानव मुक्त घोषणा गर्ने तयारी गरिएको छ । चालु आर्थिक वर्षको वार्षिक नीति तथा कार्यक्रममा सहयोगापेक्षी सडक मानवमुक्त प्रदेश निर्माण कार्यलाई निरन्तरता दिने उल्लेख छ ।
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले राष्ट्रिय एकता र सामाजिक सद्भाव बचाउन सामाजिक सञ्जालको सञ्चालन, प्रयोग तथा नियमन गर्ने सम्बन्धमा व्यवस्थापन गर्न बनेको विधेयक जरुरी रहेको बताउनुभयो ।
दाङमा बहुभाषी काव्य उत्सव हुने भएको छ ।
महाशिवरात्रि पर्वको अवसरमा पशुपतिनाथ क्षेत्रमा हुने भिडभाडलाई सुरक्षित एवम् व्यवस्थित गर्न काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सुरक्षा योजना तयार पारेको छ ।
प्रथम कोशी प्रदेश खेलकुद महोत्सव–२०८१ को तयारी पूरा भएको छ ।
नगरपालिकाले झुक्याएको भन्दै नवलपुरको डण्डामा रहेको अङ्कुर सामुदायिक वनले फोहोर फाल्न नदिएपछि सदरमुकाम कावासोती दुर्गन्धित बनेको छ ।